साँवामा जारी फुटबल प्रतियोगिताको उपाधिका लागि धरान र फेदाप भिड्ने
..jpeg)
रेडियो ताप्लेजुङ
मङ्सिर ५ गते ।ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ४ साँवास्थित तेम्बामा आयोजित फङ्फङ्देन झरना पर्यटन महोत्सवअन्तर्गत जारी फुटबल प्रतियोगिताको उपाधिका लागि मरिक एफसी धरान र फेदाप गाउँपालिका तेह्रथुमबीच प्रतिस्पर्धा हुने भएको छ।
शनिबार भएको प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा धरानले पाँचथरको कुम्मायक कुसायक एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।
यसअघि शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक टोलीलाई १–० गोल अन्तरले पराजित गर्दै फेदाप गाउँपालिका फाइनलमा प्रवेश गरिसकेको छ। प्रतियोगिताको फाइनल खेल महोत्सवको समापनका दिन आइतबार हुनेछ।
प्रतियोगिताका विजेता र उपविजेतासहित विधागत रूपमा उत्कृष्ट हुने खेलाडीले नगद पुरस्कारको सट्टा अलैँची प्राप्त गर्नेछन्।
प्रतियोगिताको विजेता टोलीले भोलिको बजारभाउअनुसार ३ लाख २ हजार ८३ रुपैयाँ बराबरको अलैँची प्राप्त गर्नेछ। त्यस्तै, उपविजेता टोलीका लागि १ लाख ५० हजार ८३ रुपैयाँ बराबरको अलैँची पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ
..jpeg)
मेरिङदेनले चारवटा विधाका खेलमा प्रशिक्षक नियुक्त गर्दै
रेडियो ताप्लेजुङ मंसिर ४ गते । जिल्लाको मेरिङदेन गाउँपालिकाले चार विधाका खेलका लागि प्रशिक्षक नियुक्त गर्ने भएको छ। शिक्षा शाखा अधिकृत (सातौँ)
..jpeg)
धरानसँग नाल्बु ८–३ गोल अन्तरले पराजित, फेदापसँग आयोजक स्तब्ध
रेडियो ताप्लेजुङ मंसिर ४ गते । मिक्वाखोला गाउँपालिका–४, साँवामा फङफङदेन झरना पर्यटन महोत्सवको अवसरमा आयोजित फुटबल प्रतियोगितामा आज भएका खेलमा

कोशी प्रदेश छनोटमा ताप्लेजुङ महिला फुटबल टिमले पाँचथर र धनकुटा बीचको विजेतासँग खेल्ने
रेडियो ताप्लेजुङ मङ्सिर ४ गते ।दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कोशी प्रदेश छनोटमा महिला फुटबलतर्फ ताप्लेजुङले मङ्सिर ७ गते म्याच


..jpeg)
..jpeg)

..jpeg)

..jpeg)

प्रतिकृया दिनुहोस