मिक्वाखोलाको अध्यक्ष/उपाध्यक्ष शैक्षिक सुधार परियोजना : ८४० विद्यार्थीले पाए न्यानो कपडा
..jpeg)
रेडियो ताप्लेजुङ
मंसिर १० गते ।मिक्वाखोला गाउँपालिकाले ‘अध्यक्ष/उपाध्यक्ष शैक्षिक सुधार परियोजना’ अन्तर्गत पालिकाभित्रका चारवटा माध्यमिक विद्यालयका ८ सय ४० जना विद्यार्थीलाई न्यानो कपडा (ट्र्याकसुट) वितरण गरेको छ।
पालिकामा रहेका साँवा माध्यमिक विद्यालय, बाल्देन माध्यमिक विद्यालय पापुङ, पञ्चेश्वरी माध्यमिक विद्यालय लिबाङ र मोती माध्यमिक विद्यालय खोक्लिङका विद्यार्थीलाई उक्त परियोजनाअन्तर्गत न्यानो कपडा वितरण गरिएको उपाध्यक्ष डण्डु लामाले जानकारी दिनुभएको छ।
सरकारी विद्यालयप्रतिको वितृष्णा न्यूनीकरण गर्दै विद्यार्थी तथा अभिभावकको सरकारी विद्यालयप्रतिको आकर्षण बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उपाध्यक्ष लामाले बताउनुभयो।
चालु आर्थिक वर्षदेखि लागू गरिएको उक्त परियोजनाअन्तर्गत कपडा वितरण गरिएको उहाँले रेडियो ताप्लेजुङलाई जानकारी दिनुभयो।
यसैबीच, गाउँपालिकाले कपडा वितरणसँगै विद्यालयहरूको अवस्थाबारे अनुगमनसमेत गरेको छ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

मैवाखोलाले उद्यमीलाई ५ लाख रुपैयाँसम्म अनुदान दिने
रेडियो ताप्लेजुङ मङ्सिर ९ गते । मैवाखोला गाउँपालिकाले पालिकाभित्र उद्यम गर्न चाहने व्यक्तिलाई २ लाखदेखि ५ लाख रुपैयाँसम्म अनुदान दिने भएको
..jpeg)
पार्टीका कार्यकर्ता मात्रै राखिएको आरोप लगाउनेहरूले नै धेरै योजना गरेका छन् : कार्यकारी निर्देशक हाङबाङ
रेडियो ताप्लेजुङ मंसिर ९ गते । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजीन हाङबाङले समितिका योजनामा पार्टीका कार्यकर्ता मात्रै

चैतदेखि अवरुद्ध ताप्लेजुङ ओलाङचुङगोलामा मङ्गलबार साना सवारी पुगे
मंसिर ८, २०८३ ताप्लेजुङ – फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोलामा सडक मर्मतपछि मङ्गलबार ९आज० देखि सवारी साधन पुगेका छन् । प्रमुख जिल्ला अधिकारी उमेश



..jpeg)


..jpeg)


प्रतिकृया दिनुहोस