ताप्लेजुङ फुटबल टोली खोटाङसँग पराजित
..jpeg)
रेडियो ताप्लेजुङ
कार्तिक २८ गते ।दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको कोशी प्रदेश छनोटअन्तर्गत पुरुष फुटबलतर्फ ताप्लेजुङको टोली पहिलो खेलमै पराजित भएको छ।
शनिबार धरानस्थित एन्फा एकेडेमीको खेलमैदानमा भएको खेलमा खोटाङसँग १–० गोल अन्तरले पराजित भएपछि ताप्लेजुङ प्रतियोगिताबाट बाहिरिएको हो।
टिम व्यवस्थापक सन्तोष गुरुङका अनुसार टोली भोलि नै जिल्ला फर्कने तयारीमा छ। प्रदेशका सबै जिल्लाको सहभागिता रहेको प्रतियोगिताको समूह ‘ए’ अन्तर्गत बाई परेको ताप्लेजुङलाई उदयपुरलाई पराजित गरेर आएको खोटाङले हराएको हो ।
प्रदेश छनोटको फाइनल खेल कार्तिक ३० गते बिहान ७:३० बजे हुने बताइएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समावेश गरी प्रदेशस्तरीय टोली निर्माण गरिनेछ। उक्त टोलीले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गर्नेछ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ । © रेडियो ताप्लेजुङ
..jpeg)
कार्तिक महिनाको अन्तिम शनिबार पाथीभरामा यस वर्षकै अधिक भक्तजन
रेडियो ताप्लेजुङ कार्तिक २८ गते ।ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा शनिबार एकै दिन ११ हजारभन्दा बढी दर्शनार्थी पुगेका छन्।माथिल्लो

फङफङदेन झरना मेलामा शम्भु, सुनिता, बबिना र रविनले स्टेज तताउने
ताप्लेजुङ मंसिर २ देखि ६ गतेसम्म मिक्वाखोला गाउँपालिका ४ साँवामा हुने फङफङदेन झरना पर्यटन मेलामा चारजना कलाकारले मञ्च तताउने भएका छन् । आयोजक

फङफङदेन झरना मेलामा शम्भु, सुनिता, बबिना र रविनले स्टेज तताउने
ताप्लेजुङ मंसिर २ देखि ६ गतेसम्म मिक्वाखोला गाउँपालिका ४ साँवामा हुने फङफङदेन झरना पर्यटन मेलामा चारजना कलाकारले मञ्च तताउने भएका छन् । आयोजक

..jpeg)
..jpeg)




प्रतिकृया दिनुहोस