ताजा खबर

तोक्मे डाँडा हटियामा फूलको बिक्री प्रशस्तै

SITENAME



रेडियो ताप्लेजुङ
कार्तिक २१ गते ।

नेपालीहरूको दोस्रो ठूलो महान् पर्व तिहार लागेसँगै ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित तोक्मे डाँडा हटियामा फूलको व्यापार बढेको छ।

शनिबार सदरमुकामका विभिन्न स्थानबाट कृषकहरूले मखमली, सयपत्री, गोदावरीलगायत तिहारमा आवश्यक पर्ने फूल बिक्रीका लागि ल्याएका छन्।

गत वर्षको तुलनामा यस वर्ष तिहार केही ढिला भएकाले फूल प्रशस्त फुले पनि ‘अर्नव’ चक्रवातका कारण परेको वर्षाले फूल राम्रोसँग फस्टाउन नसकेको कृषकहरू बताउँछन्।

फुङ्लिङ नगरपालिका–२ तीनबरेबाट फूल बिक्री गर्न आउनुभएकी कृषक चन्द्रमाया थापा मगरका अनुसार प्रतिमुठा एक सय रुपैयाँसम्ममा फूल बिक्री भइरहेको छ। उहाँले भन्नुभयो, “यस वर्ष कात्तिकमा पानी नपरेको भए फूल धेरै फस्टाउने थियो र राम्रो मुठा बनाउन सकिन्थ्यो। एक सय रुपैयाँभन्दा बढीमा पनि बिक्री हुन सक्थ्यो। तर, पानीले गर्दा फूल त्यति राम्रोसँग फस्टाउन पाएन।”

 

 

दोखु क्षेत्रबाट फूल बिक्रीका लागि आउनुभएकी सावित्रा सम्बाहाम्फे (पालुङ्गवा) ले तरकारी तथा अन्य कृषि उपजसँगै फूल पनि बिक्रीका लागि ल्याउनुभएको छ। उहाँका अनुसार फूलको बिक्री उल्लेखनीय भइरहेको छ। तर, वर्षाका कारण फूलका बोट भाँचिएकाले अपेक्षाअनुसार उत्पादन हुन नसकेको उहाँको भनाइ छ।

अन्य समयमा शनिबार र मङ्गलबारको हटियामा कृषि उपज बिक्री गर्दै आउनुभएकी फुङ्लिङको मेदीबुङकी कमला रसाइलीले पनि बिहानैदेखि ९/१० मुठा फूल बिक्री गरिसकेको बताउनुभयो। उहाँका अनुसार आज हटिया क्षेत्रमा फूलको बिक्री राम्रो भइरहेको छ।

 

 

 

हटिया क्षेत्रका विभिन्न ब्लकमा अन्य कृषि उपजसँगै बिक्रीका लागि ल्याइएका फूलका मुठा प्रशस्त देख्न सकिन्छ भने फूल खरिद गर्नेहरूको उपस्थिति पनि उल्लेख्य छ।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।


                                                            ©  रेडियो ताप्लेजुङ

प्रतिकृया दिनुहोस
SITENAME

खेवाङ खेलकुद महोत्सव : पेदाङ, सुरुङखिम, आयोजक र फुरलाक्पाले जिते उपाधि

रेडियो ताप्लेजुङ कार्तिक २१ गते । खेवाङ खेलकुद महोत्सव २०८३ अन्तर्गत पुरुष फुटबलतर्फ पेदाङ स्पोर्टिङ क्लबले उपाधि जितेको छ भने पुरुष भलिबलतर्फ

SITENAME

स्थानीय सरकारले वन ऐन ल्याउनुपर्नेमा ताप्लेजुङका सरोकारवालाको जोड

  रेडियो ताप्लेजुङ कार्तिक २१ गते । सामुदायिक वनको संरक्षणका लागि स्थानीय सरकारले वन ऐन अनिवार्य रूपमा जारी गर्नुपर्नेमा ताप्लेजुङका

SITENAME

दक्षिण कोरिया समाज ताप्लेजुङ र युक्रे समाजद्वारा दोभान अग्नि पीडितलाई सहयोग

रेडियो ताप्लेजुङ कार्तिक २१गते । दक्षिण कोरिया समाज ताप्लेजुङ र युके समाज नेपालले दोभानका आगलागि प्रभावित परिवारलाई राहत वितरण गरेका छन्