ताजा खबर

ताप्लेजुङ प्रशासनको आग्रह : देउसी–भैलो लगायतका कार्यक्रम मर्यादित ढङ्गले सञ्चालन गरौँ

SITENAME


रेडियो ताप्लेजुङ
कार्तिक २० गते ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जिम्मेवार र मर्यादित ढङ्गले चाडपर्व मनाउन जिल्लावासीमा आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालले शुक्रबार सूचना जारी गर्दै आ–आफ्नो कर्तव्य र जिम्मेवारीबोधका साथ चाडपर्व मनाउन जिल्लावासी तथा सम्बन्धित निकायलाई अनुरोध गर्नुभएको हो।

प्रशासनले जारी गरेको सूचनामा आतसबाजी, पटाका, भुइँचम्पा, बम तथा अन्य विस्फोटक एवं आगलागीजन्य पदार्थको खरिद, बिक्री, ढुवानी र प्रयोग नगर्न आग्रह गरिएको छ।

यस्तै, देउसी–भैलो लगायतका कार्यक्रम मर्यादित, अनुशासित र व्यवस्थित ढङ्गले सञ्चालन गर्न प्रशासनले अनुरोध गरेको छ। अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना नगर्न, सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नबोक्न तथा मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन पनि सूचनामार्फत आग्रह गरिएको छ।

तोकिएभन्दा बढी भाडा असुल गरेको पाइएमा यात्रुहरूले यात्रु सहायता कक्षमा जानकारी गराउन प्रशासनले अनुरोध गरेको छ। यात्रु सहायता कक्षको सम्पर्क नम्बर ९८५२६९१०८८ मा सम्पर्क गरी आवश्यक सहयोग लिन सकिने कार्यालयले जनाएको छ।

चाडपर्वका नाममा धार्मिक, जातीय तथा सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधि नगर्न र नगराउन पनि प्रशासनले नागरिकलाई आग्रह गरेको छ। साथै, अवैध कारोबार तथा विद्युतीय माध्यमबाट हुन सक्ने ठगी नियन्त्रणका लागि सुरक्षा निकायलाई प्रशासनको निर्देषन छ । 

चाडपर्वका समयमा आइपर्न सक्ने आकस्मिक तथा आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै जिल्लामा उपलब्ध जनशक्ति र स्रोतसाधन तयारी अवस्थामा राख्नसमेत सम्बन्धित निकायलाई प्रशासनले आग्रह गरेको छ।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।


                                                            ©  रेडियो ताप्लेजुङ

 

प्रतिकृया दिनुहोस
SITENAME

ताप्लेजुङबाट दुई दिनमा दुई बेवारिसे व्यक्तिको उद्धार

रेडियो ताप्लेजुङ कार्तिक २० गते । ताप्लेजुङबाट पछिल्लो दुई दिनको अवधिमा दुई जना बेवारिसे अवस्थामा रहेका व्यक्तिको उद्धार गरिएको छ। सामाजिक

SITENAME

सिदिङ्वा गाउँपालिकाले उत्पादन गरेको तिहारका फुल बिक्री गर्न सुरु

ओमेन्सा राई ताप्लेजुङ ,कार्तिक १९ गते। ताप्लेजुङको  सिदिङवा गाउँपालिकामा तिहार लक्षित अर्गानिक सयपत्री फूल खेती, बिक्री सुरु गरेको छ । स्थानीय

SITENAME

नागरिकताको प्रतिलिपि प्रक्रियाबारे ताप्लेजुङ प्रशासनले गरायो अवगत

रेडियो ताप्लेजुङ कार्तिक १८ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिन पूरा गर्नुपर्ने प्रक्रिया र आवश्यक