ताप्लेजुङमा सबैभन्दा धेरै मतदाता हाङ्देवामा, सबैभन्दा कम ओलाङचुङगोलामा
..jpeg)
रेडियो ताप्लेजुङ कार्तिक २० गते ।
ताप्लेजुङमा वडागत रूपमा सबैभन्दा धेरै मतदाता फुङ्लिङ नगरपालिका–९ हाङ्देवामा रहेका छन्। जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले गत वर्षको चैत २३ देखि यस वर्षको भदौ १५ गतेसम्म सङ्कलन गरेको तथा सोही मितिसम्म १८ वर्ष उमेर पुगेका मतदाताको विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।
कार्यालयका अनुसार हाङ्देवामा पुरुष १ हजार ४३५ र महिला १ हजार ३३७ गरी कुल २ हजार ७७२ मतदाता रहेका छन्। जिल्लाको उपल्लो क्षेत्र फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा भने सबैभन्दा कम मतदाता रहेका छन्।
ओलाङचुङगोलामा १७४ पुरुष र १८९ महिला गरी कुल ३६३ मतदाता रहेको कार्यालयले जनाएको छ।
सार्वजनिक विवरणअनुसार उक्त अवधिमा जिल्लामा कुल ८९ हजार ७०० मतदाता कायम भएका छन्। महिलाको तुलनामा पुरुष मतदाताको सङ्ख्या बढी रहेको छ। जिल्लामा ४८ हजार ४८ पुरुष र ४१ हजार ६५२ महिला मतदाता रहेका छन्।
उल्लेखित अवधिमा ताप्लेजुङमा ५५ जनाको मतदाता नामावलीमा भएको त्रुटि सच्याइएको छ। यस्तै, दोहोरो नामावली भएका ४४५ जनाको नाम हटाइएको छ। प्रमाण नपुगेका कारण २१ जनाको नामावली रद्द गरिएको छ भने मृत्यु भएका ६४० जनाको नाम हटाइएको कार्यालयले जनाएको छ। साथै, तीनजना मतदाताको नामसमेत हटाइएको विवरण सार्वजनिक गरिएको छ।
मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यक्रम निरन्तर भइरहेको जनाउँदै जिल्ला निर्वाचन कार्यालयले नामावली अद्यावधिकका लागि सम्बन्धित वडा कार्यालयहरूसँग विवरण माग गरिएको जनाएको छ। केही वडा कार्यालयबाट हालसम्म पनि विवरण प्राप्त नभएकाले यथाशीघ्र उपलब्ध गराइदिन कार्यालयले सम्बन्धित पक्षसँग अनुरोध गरेको छ।
यस्तो छ ताप्लेजुङको वडागत मतदाता विवरण
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ
..jpeg)
ताप्लेजुङबाट दुई दिनमा दुई बेवारिसे व्यक्तिको उद्धार
रेडियो ताप्लेजुङ कार्तिक २० गते । ताप्लेजुङबाट पछिल्लो दुई दिनको अवधिमा दुई जना बेवारिसे अवस्थामा रहेका व्यक्तिको उद्धार गरिएको छ। सामाजिक
..jpeg)
ताप्लेजुङ प्रशासनको आग्रह : देउसी–भैलो लगायतका कार्यक्रम मर्यादित ढङ्गले सञ्चालन गरौँ
रेडियो ताप्लेजुङ कार्तिक २० गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जिम्मेवार र मर्यादित ढङ्गले चाडपर्व मनाउन जिल्लावासीमा आग्रह गरेको छ।
..jpeg)
सिदिङ्वा गाउँपालिकाले उत्पादन गरेको तिहारका फुल बिक्री गर्न सुरु
ओमेन्सा राई ताप्लेजुङ ,कार्तिक १९ गते। ताप्लेजुङको सिदिङवा गाउँपालिकामा तिहार लक्षित अर्गानिक सयपत्री फूल खेती, बिक्री सुरु गरेको छ । स्थानीय

..jpeg)
..jpeg)
..jpeg)
..jpeg)

..jpeg)
..jpeg)
..jpeg)
प्रतिकृया दिनुहोस