ताजा खबर

एकै दिन साढे १० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन

SITENAME


रेडियो ताप्लेजुङ 
कार्तिक १७ गते । 

प्रसिद्ध शक्तिपीठ पाथीभरामा आज एकै दिन १० हजारभन्दा बढी दर्शनार्थीले दर्शन गरेका छन्।

पाथीभरा क्षेत्र विकास समितिका माथिल्लो फेदीमा कार्यरत कर्मचारी डिल्लीकुमार भट्टराईका अनुसार आज १० हजार ६१६ जना भक्तजन दर्शनका लागि पाथीभरा पुगेका हुन्।

ठूलो सङ्ख्यामा भक्तजन पुगेपछि मन्दिर परिसरमा अत्यधिक भीड लागेको थियो। दर्शनार्थीको सहजताका लागि १३ वटा लाइनको व्यवस्था गर्नुपरेको क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिनुभयो।

आज पाथीभरा दर्शन गर्ने भक्तजनको सङ्ख्या यस वर्षकै सबैभन्दा बढी हो। दर्शनार्थीको चाप बढेसँगै ताप्लेजुङ सदरमुकाम फुङ्लिङदेखि काफ्लेपाटीसम्मका क्षेत्रमा सवारीसाधनको चापसमेत अत्यधिक रहेको थियो। केही दर्शनार्थी हेलिकप्टर चार्टर गरेरसमेत पाथीभरा पुगेका कर्मचारी महतले बताउनुभयो।

समुद्र सतहदेखि ३ हजार ७९४ मिटरको उचाइमा अवस्थित पाथीभरा मन्दिरमा यस सिजनमा भक्तजनको उल्लेख्य उपस्थिति हुने गर्दछ। यस वर्ष नवरात्रको समयमा समेत अपेक्षाकृत भक्तजन नआएको अवस्थामा आज भने एकै दिन दर्शनार्थीको सङ्ख्या १० हजार नाघेको हो।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

प्रतिकृया दिनुहोस
SITENAME

यस्तो छ ताप्लेजुङका विभिन्न रुटका लागि प्रशासनले सिफारिस गरेको भाडादर

रेडियो ताप्लेजुङ  कार्तिक १७ गते ।  जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जिल्लाका विभिन्न रुटमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनको भाडादर

SITENAME

फुङ्लिङको मेवाराजा आधारभूत विद्यालय कोशी प्रदेशकै उत्कृष्ट

रेडियो ताप्लेजुङ कार्तिक १७ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ स्थित मेवाराजा आधारभूत विद्यालय कोशी प्रदेशकै उत्कृष्ट आधारभूत विद्यालय

SITENAME

फुङ्लिङसहितका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध, समस्या पहिचान गर्न प्राधिकरणको टोली फिल्डमा

किरण गदाइली ताप्लेजुङ, कार्तिक १६ गते । अमरपुरदेखि हिटी सबस्टेसन आउने ३३ केभी मुख्य लाइनमा ओभर करेन्ट फेस फल्ट हुँदा गए रातिदेखि ताप्लेजुङको हिटी