खेवाङ खेलकुद महोत्सवमा आज महिला भलिबल र पुरुष फुटबल हुँदै
..jpeg)
रेडियो ताप्लेजुङ
कार्तिक १७ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ स्थित खेवाङ स्पोर्टिङ क्लबको खेलमैदानमा जारी खेवाङ खेलकुद महोत्सवमा आज महिला भलिबल र पुरुष फुटबल प्रतियोगिता हुँदैछन्।
आयोजक खेवाङ स्पोर्टिङ क्लबका अनुसार महिला भलिबलतर्फ आजको पहिलो खेल सुरुङखिम र पेदाङबीच हुनेछ। यी दुई टोलीबीचको विजेताले मामाङ्खेसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, समूह ‘बी’ अन्तर्गत याङपाङ र खेवाङबीच खेल हुनेछ। यी दुई टोलीमध्ये विजेताले सेमिफाइनलमा मेहलेसँग प्रतिस्पर्धा गर्नेछ।
यसैगरी, आजदेखि प्रतियोगिताको प्रतीक्षित पुरुष फुटबल पनि सुरु हुँदैछ। दिउँसो १ बजे नेना कम्पनी प्राइभेट लिमिटेड खेवाङ र आँखोप युवा समाजबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै, दिउँसो ३ बजे कञ्चनजङ्घा स्पोर्टिङ क्लब याम्फुदिन र पेदाङ स्पोर्टिङ क्लब आमनेसामने हुनेछन्।
महोत्सवअन्तर्गत हाफ म्याराथन प्रतियोगिताको समापनको दिन अर्थात् कार्तिक २१ गते सञ्चालन हुनेछ।खेलकुदका माध्यमबाट खेवाङको सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यलाई चिनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ
..jpeg)
यस्तो छ ताप्लेजुङका विभिन्न रुटका लागि प्रशासनले सिफारिस गरेको भाडादर
रेडियो ताप्लेजुङ कार्तिक १७ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जिल्लाका विभिन्न रुटमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनको भाडादर
..jpeg)
पाथीभरा याङवरकले पाँच खेलका लागि नियुक्त गर्यो प्रशिक्षक
रेडियो ताप्लेजुङ कार्तिक १७ गते । पाथीभरा याङवरक गाउँपालिकाले पाँचवटा खेल विधाका लागि प्रशिक्षक नियुक्त गरेको छ। गत भदौ ३१ गते विभिन्न खेल
..jpeg)
एकै दिन साढे १० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन
रेडियो ताप्लेजुङ कार्तिक १७ गते । प्रसिद्ध शक्तिपीठ पाथीभरामा आज एकै दिन १० हजारभन्दा बढी दर्शनार्थीले दर्शन गरेका छन्। पाथीभरा क्षेत्र विकास

..jpeg)
..jpeg)
..jpeg)
..jpeg)



..jpeg)
प्रतिकृया दिनुहोस