ताजा खबर

पाथीभरामा भक्तजनको अत्यधिक भीड, १३ वटा लाइन बनाएर दर्शनको व्यवस्था

SITENAME


किरण गदाइली
ताप्लेजुङ, कार्तिक १७ गते

 ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा आज भक्तजनको अत्यधिक भीड लागेको छ। मन्दिर परिसरमा दर्शनार्थीको चाप बढेपछि १३ वटा लाइन बनाएर दर्शनको व्यवस्था मिलाइएको छ।पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार मन्दिर परिसरमा भक्तजनको बाक्लो उपस्थिति रहेको छ। आज ८ हजारदेखि ९ हजारसम्म भक्तजन पाथीभरा पुग्न सक्ने उहाँले अनुमान गर्नुभएको छ।“मन्दिर परिसरमा खुट्टा राख्ने ठाउँ छैन। खाली देखिने सबै ठाउँ दर्शनार्थीले भरिएका छन्,” महतले रेडियो ताप्लेजुङसँग भन्नुभयो।शनिबार र मङ्गलबार पाथीभरा मन्दिरमा विशेष भीड लाग्ने गरेको छ। भक्तजनको चापलाई व्यवस्थित गर्न क्षेत्र विकास समितिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र आफ्ना कर्मचारी परिचालन गरी दर्शनको सहजीकरण गरिरहेको छ।
आज भक्तजनको अत्यधिक भीड रहेकाले दर्शनलाई छिटो र व्यवस्थित बनाउन समितिले आग्रह गरेको छ। महतका अनुसार भक्तजनलाई देवीको पाउमा पूजा गरेर सकेसम्म दुई मिनेटभित्र दर्शन सम्पन्न गर्न अनुरोध गरिएको छ।
“धेरै टाढाबाट आएको र लामो समयदेखि भाकल गरेको भन्दै कतिपय भक्तजनले मन्दिरमा बढी समय लिनुहुन्छ। उहाँहरूले चढाउन चाहेको प्रसाद पुजारीलाई दिएर चढाउन सकिने विषयमा पनि हामीले बुझाइरहेका छौँ,” उहाँले भन्नुभयो।
बिरामी, अशक्त तथा वृद्धवृद्धालाई भने क्षेत्र विकास समितिका कर्मचारीले प्राथमिकताका साथ दर्शन गर्ने वातावरण मिलाइरहेको महतले जानकारी दिनुभयो।
भक्तजनको आगमन बढेसँगै ताप्लेजुङ सदरमुकाम फुङ्लिङ क्षेत्रमा सवारीसाधनको चापसमेत बढेको छ। पाथीभरा मन्दिरमा यस मौसममा भक्तजनको अत्यधिक घुइँचो लाग्ने गर्दछ। क्षेत्र विकास समितिको तथ्याङ्कअनुसार यसअघि एकै दिन २५ हजारसम्म भक्तजनले पाथीभराको दर्शन गरेका छन्। दर्शनका लागि नेपाल र भारतका साथै विभिन्न मुलुकबाट समेत भक्तजन आउने गरेका छन्।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

प्रतिकृया दिनुहोस
SITENAME

यस्तो छ ताप्लेजुङका विभिन्न रुटका लागि प्रशासनले सिफारिस गरेको भाडादर

रेडियो ताप्लेजुङ  कार्तिक १७ गते ।  जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जिल्लाका विभिन्न रुटमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनको भाडादर

SITENAME

पाथीभरा याङवरकले पाँच खेलका लागि नियुक्त गर्‍यो प्रशिक्षक

रेडियो ताप्लेजुङ कार्तिक १७ गते । पाथीभरा याङवरक गाउँपालिकाले पाँचवटा खेल विधाका लागि प्रशिक्षक नियुक्त गरेको छ। गत भदौ ३१ गते विभिन्न खेल

SITENAME

एकै दिन साढे १० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन

रेडियो ताप्लेजुङ कार्तिक १७ गते । प्रसिद्ध शक्तिपीठ पाथीभरामा आज एकै दिन १० हजारभन्दा बढी दर्शनार्थीले दर्शन गरेका छन्। पाथीभरा क्षेत्र विकास