ताजा खबर

पाथीभरामा दशैँयताकै उल्लेख्य सङ्ख्यामा भक्तजन

SITENAME

रेडियो ताप्लेजुङ

कार्तिक ७ गते । ताप्लेजुङमा अवस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा नवरात्रपछिकै उल्लेख्य सङ्ख्यामा भक्तजनको उपस्थिति शनिबार देखिएको छ। पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार आज ४ हजार ३ सय ७ जना भक्तजनले दर्शन गरेका छन्।

भक्तजनको व्यवस्थापन गर्न मन्दिर परिसरमा तीनवटा लाइन लगाउनुपरेको उहाँले रेडियो ताप्लेजुङलाई जानकारी दिनुभयो।

बिहान र बेलुका मौसम चिसो रहे पनि आज दिउँसो घाम लागेर न्यानो भएको महतले बताउनुभयो। उहाँले भन्नुभयो, “मौसम बिहान–बेलुका एकदमै चिसो रहन्छ। आज बिहान पनि तुसारो परेको थियो, तर दिउँसो घाम लागेकाले भक्तजनले खुसीका साथ दर्शन गर्न पाउनुभयो।”

यो समयमा ताप्लेजुङ, पाँचथरलगायतका जिल्लामा आफन्तकहाँ टीका लगाउन आएका व्यक्तिहरू पनि पाथीभरा दर्शन गर्न आउने गरेको उहाँले बताउनुभयो। “यो समयमा टीका लगाउन विभिन्न ठाउँमा आउनुभएका महानुभावहरू पनि दर्शन गर्न आउनुभएको रहेछ। आज हामीले धेरै त्यस्ता भक्तजनहरू पायौँ,” महतले भन्नुभयो।

माथिल्लो फेदी क्षेत्रका होटलमा बुकिङ गर्ने क्रम जारी रहेकाले आइतबार पनि भक्तजनको सङ्ख्या एक हजारभन्दा कम नहुने उहाँले आकलन गर्नुभएको छ। माथिल्लो फेदीमा होटल सञ्चालन गर्दै आउनुभएका महतको होटलमा ५० देखि ६० जनाले बुकिङ गरिसकेका छन्। अन्य होटलमा पनि बुकिङ भइरहेकोले आइतबार भक्तजनको सङ्ख्या अझै बढ्न सक्ने उहाँले बताउनुभयो।

प्रतिकृया दिनुहोस
SITENAME

'होप फर अल'ले गर्यो फुङ्लिङका दीपकको उद्धार

रेडियो ताप्लेजुङ कार्तिक ७ गते । पछिल्लो साढे तीन वर्षमा १५ जना बेवारिसे व्यक्तिको उद्धार गरिसकेको सामाजिक संस्था 'होप फर अल'ले ताप्लेजुङ

SITENAME

दोभान अग्निपीडितलाई इसाई समाजद्वारा आर्थिक तथा सत्य साई सेवा संगठनद्वारा भौतिक सहयोग

रेडियो ताप्लेजुङ कार्तिक २ गते । दोभान अग्निपीडितलाई विभिन्न निकायहरूबाट सहयोग जुट्ने क्रम जारी छ। जसअनुसार सोमबार इसाई समाजले आर्थिक तथा श्री

SITENAME

निङमा छ्योखोरलिङ गुम्बा ढलानका लागि स्वतःस्फूर्त रूपमा उल्लेखनीय जनश्रमदान

रेडियो ताप्लेजुङ कार्तिक १ गते । ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित निङमा छ्योखोरलिङ गुम्बाको पहिलो तला सिलिङ ढलानका लागि आइतबार स्वतःस्फूर्त