प्रतिनिधिसभा सदस्य न्यौपाने गृह जिल्ला ताप्लेजुङमा

रेडियो ताप्लेजुङ
कार्तिक २ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपाने गृह जिल्ला ताप्लेजुङ आइपुग्नुभएको छ।
बडादशैँका लागि सपरिवार ताप्लेजुङ आउनुभएको रास्वपा स्रोतले रेडियो ताप्लेजुङलाई जानकारी दिएको छ।
पारिवारिक भेटघाटका लागि आइपुग्नुभएका सांसद न्यौपानेले फुङ्लिङ नगरपालिका–९, हाङ्देवास्थित निवासमा केही दिन बिताउने र त्यसपछि जिल्लाका नेता तथा कार्यकर्ताहरूसँग भेट्ने कार्यतालिका रहेको रास्वपाका जिल्ला नेता दुर्गा न्यौपानेले जानकारी दिनुभएको छ।
मोरङ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद न्यौपाने प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यसमेत हुनुहुन्छ।
राजनीतिमा आउनुअघि उहाँ अधिवक्ता (कानुन व्यवसायी) हुनुहुन्थ्यो। उहाँले नेपाल बार काउन्सिलको परीक्षा उत्तीर्ण गरी करिब १४ वर्षदेखि कानुन व्यवसाय गर्दै आउनुभएको थियो।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ
..jpeg)
संविधानसभा सदस्य मादेन श्रम संस्कृति पार्टी प्रवेश गर्दै
रेडियो ताप्लेजुङ असोज ३१ गते । संविधानसभा सदस्य सञ्चपाल मादेन श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने हुनुभएको छ। रेडियो ताप्लेजुङमार्फत

ताप्लेजुङमा रास्वपाको र्यापिड एक्सन टिम गठन
रेडियो ताप्लेजुङ असोज २८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ताप्लेजुङमा र्यापिड एक्सन टिम गठन गरेको छ। बुधबार सदरमुकामस्थित होटल

ताप्लेजुङमा दलित मुक्ति मोर्चाको एकता भेला सम्पन्न
रेडियो ताप्लेजुङ असोज २५ गते ।साविक नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का भ्रातृ सङ्गठन दलित मुक्ति मोर्चा र दलित मुक्ति सङ्गठनको एकता




..jpeg)
..jpeg)


प्रतिकृया दिनुहोस