ताजा खबर

निङमा छ्योखोरलिङ गुम्बा ढलानका लागि स्वतःस्फूर्त रूपमा उल्लेखनीय जनश्रमदान

SITENAME

रेडियो ताप्लेजुङ


कार्तिक १ गते । ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित निङमा छ्योखोरलिङ गुम्बाको पहिलो तला सिलिङ ढलानका लागि आइतबार स्वतःस्फूर्त रूपमा उल्लेखनीय जनश्रमदान भएको छ।

गुम्बा पुनर्निर्माण समितिका अनुसार ३४३ जनाले स्वतःस्फूर्त श्रमदान गरेका छन्। समितिका अध्यक्ष देवराज गुरुङले उक्त सङ्ख्यामा श्रमदान गर्नेहरूको हाजिरी गरिएको जानकारी दिनुभएको छ।

यो समाचार तयार पार्दासम्म गुम्बाको ढलान जारी छ। ८५० बोरा सिमेन्टको ढलाइ भएकाले अबको तीन–चार घण्टासम्म लाग्न सक्ने उहाँले जानकारी दिनुभएको छ।

७२५ बोरा सिमेन्ट विभिन्न दाताहरूले निःशुल्क उपलब्ध गराएका हुन्। दाताहरूले उपलब्ध गराएका सिमेन्टमध्ये १०० बोरा भने आफैँ निर्माणस्थलसम्म पुर्‍याइदिएका थिए। बाँकी समितिले नै ढुवानी गरेर निर्माणस्थलमा पुर्‍याएको हो।

गत वैशाख १९ गतेबाट सुरु भएको गुम्बा पुनर्निर्माणको काम तीन वर्षभित्र सकाउने लक्ष्य रहेको छ। समितिका अध्यक्ष गुरुङ सोचेजस्तोभन्दा चाँडो कार्यप्रगति भइरहेको बताउँदै यही अवस्थामा काम अघि बढ्ने हो भने तीन वर्ष नलाग्ने बताउनुहुन्छ।

साढे ८ करोड लागतमा बन्ने गुम्बामा छोर्तेन, गेट, सजावटका तस्बिर, त्रिरत्न र बुद्ध भगवान्को सालिक तथा आँगनमा बिछ्याइने ढुङ्गालगायत समावेश रहेका छन्।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

प्रतिकृया दिनुहोस
SITENAME

दोभान अग्निपीडितलाई ५० हजार आर्थिक सहयोग

रेडियो ताप्लेजुङ असोज ३१ गते । मेरिङदेन गाउँपालिका–३ दोभान बजारका अग्निपीडितलाई ५० हजार ५५ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ। मेरिङदेन

SITENAME

पछिल्लो तीन महिनामा पाथीभरामा ३३ लाख बढी भेटी सङ्कलन

रेडियो ताप्लेजुङ असोज ३१ गते । प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो तीन महिनामा ३३ लाख बढी भेटी सङ्कलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका

SITENAME

पाथीभरा दर्शनार्थीको सङ्ख्यामा कमी आयो

रेडियो ताप्लेजुङ असोज ३० गते ।नवरात्रको समयमा अधिक भिड हुने ताप्लेजुङको पाथीभरा मन्दिरमा पछिल्लो समय दर्शनार्थीको सङ्ख्यामा कमी आएको