ताजा खबर

संविधानसभा सदस्य मादेन श्रम संस्कृति पार्टी प्रवेश गर्दै

SITENAME

रेडियो ताप्लेजुङ


असोज ३१ गते । संविधानसभा सदस्य सञ्चपाल मादेन श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने हुनुभएको छ। रेडियो ताप्लेजुङमार्फत दसैँ–तिहारको शुभकामनासहित भिडियो सन्देश जारी गर्दै मादेनले कात्तिक १६ गते श्रम संस्कृति पार्टीको स्थापना दिवसको अवसर पारेर उक्त पार्टीमा प्रवेश गर्ने खुलासा गर्नुभएको हो।

देशमा ऐतिहासिक संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भई नयाँ युगमा प्रवेश गरेसँगै देशको आर्थिक समृद्धिको अभियानमा वैकल्पिक नयाँ राजनीतिक पार्टीको आवश्यकता ठानी आफू २०७२ सालमा बाबुराम भट्टराईको तत्कालीन नयाँ शक्ति पार्टीमा आबद्ध भएको भिडियो सन्देशमा खुलाउनुभएको छ। मादेनले २०७६ सालदेखि भने आफू निष्क्रिय रहेको जिकिर गर्नुभएको छ। यद्यपि, नेकपा एमालेमा उहाँको सक्रियता देखिन्छ।

“म कहिल्यै कसैको नराम्रो सोचिनँ, त्यसैले मलाई आफ्नो भाग्यसँग कुनै गुनासो छैन। मेहनत मेरो हो। बाँकी न्याय जनता र समयको हो,” मादेनले अगाडि भन्नुभएको छ।

मादेन २०६४ सालको संविधानसभा निर्वाचनबाट तत्कालीन एकीकृत नेकपा (माओवादी)बाट संविधानसभा सदस्य बन्नुभएको थियो।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

प्रतिकृया दिनुहोस
SITENAME

ताप्लेजुङमा रास्वपाको र्‍यापिड एक्सन टिम गठन

रेडियो ताप्लेजुङ असोज २८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ताप्लेजुङमा र्‍यापिड एक्सन टिम गठन गरेको छ। बुधबार सदरमुकामस्थित होटल

SITENAME

ताप्लेजुङमा दलित मुक्ति मोर्चाको एकता भेला सम्पन्न

रेडियो ताप्लेजुङ असोज २५ गते ।साविक नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का भ्रातृ सङ्गठन दलित मुक्ति मोर्चा र दलित मुक्ति सङ्गठनको एकता

SITENAME

जनताले विश्वास गर्ने कांग्रेस बनाउने अभियानको थालनी भन्दै देउवा समूहद्वारा फुङ्लिङमा कार्यालय स्थापना 

रेडियो ताप्लेजुङ   असोज १६ गते ।नेपाली काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउबाको समूहले १५ औं महाधिवेशनका लागि ताप्लेजुङमा कार्यालय स्थापना