दोभान अग्निपीडितलाई ५० हजार आर्थिक सहयोग

रेडियो ताप्लेजुङ
असोज ३१ गते । मेरिङदेन गाउँपालिका–३ दोभान बजारका अग्निपीडितलाई ५० हजार ५५ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ।
मेरिङदेन गाउँपालिका विपद् व्यवस्थापन समितिका अनुसार फक्ताङ्लुङ गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष पेम्बा टाँसी शेर्पा र स्थानीय समाजसेवी पासाङ लामाको पहलमा लुङथुङ सम्पर्क मञ्च, फक्ताङ्लुङ, काठमाडौँबाट उक्त रकम प्राप्त भएको हो।
प्राप्त रकमबाट १६ परिवारलाई प्रतिपरिवार ३ हजार १२० रुपैयाँका दरले प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।
गत असोज ८ गते दिउँसो भएको आगलागीबाट उक्त क्षेत्रका १० घर जलेर नष्ट हुँदा करोडौँको क्षति भएको छ। विभिन्न निकायले आगलागीस्थलमै पुगेर आर्थिक तथा भौतिक सहयोग गरिरहेका छन् भने पालिकाले प्रकोप व्यवस्थापन खाता सञ्चालनमा ल्याएर उक्त खातामार्फत समेत सहयोग गर्न अपिल गरेको छ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ
..jpeg)
दसैँअघि जन्मगाउँमा गाडी पुर्याउन नसकेको भन्दै पालिका अध्यक्षद्वारा क्षमायाचना
रेडियो ताप्लेजुङ असोज ३१ गते । फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले प्रतिबद्धता पूरा गर्न नसकेको भन्दै क्षमा माग्नुभएको
..jpeg)
दसैँअघि जन्मगाउँमा गाडी पुर्याउन नसकेको भन्दै पालिका अध्यक्षद्वारा क्षमायाचना
रेडियो ताप्लेजुङ असोज ३१ गते । फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले प्रतिबद्धता पूरा गर्न नसकेको भन्दै क्षमा माग्नुभएको
..jpeg)
संविधानसभा सदस्य मादेन श्रम संस्कृति पार्टी प्रवेश गर्दै
रेडियो ताप्लेजुङ असोज ३१ गते । संविधानसभा सदस्य सञ्चपाल मादेन श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने हुनुभएको छ। रेडियो ताप्लेजुङमार्फत

..jpeg)
..jpeg)

..jpeg)



प्रतिकृया दिनुहोस