पछिल्लो तीन महिनामा पाथीभरामा ३३ लाख बढी भेटी सङ्कलन
..jpeg)
रेडियो ताप्लेजुङ
असोज ३१ गते । प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो तीन महिनामा ३३ लाख बढी भेटी सङ्कलन भएको छ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार यो आर्थिक वर्षको पहिलो त्रैमासमा कुल ३३ लाख २६ हजार ६५० रुपैयाँ भेटी सङ्कलन भएको हो।
हाङबाङका अनुसार उक्त अवधिमा २० हजार ५ सय २२ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन्।
साउन महिनामा भक्तजनको सङ्ख्या २ हजार ४६९ जना रह्यो भने भेटी रकम ३ लाख १८ हजार ५०० सङ्कलन भएको थियो। भदौ महिनामा ६ हजार १२३ जना भक्तजन पुग्दा १३ लाख ६७ हजार भेटी सङ्कलन भएको क्षेत्र विकास समितिले जनाएको छ।
त्यस्तै, असोज महिनामा ११ हजार ९३० जना भक्तजन दर्शनका लागि पुग्दा १६ लाख ४१ हजार १५० भेटी सङ्कलन भएको छ।
समुद्र सतहदेखि ३ हजार ७९४ मिटरको उचाइमा अवस्थित पाथीभरा मन्दिरमा दर्शनका लागि बर्सेनि नेपाल, भारतलगायत विभिन्न मुलुकका दर्शनार्थीहरू आउने गर्दछन्।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

दोभान अग्नि पीडितका लागि ३ लाख ५२ हजार बढी सहयोग
रेडियो ताप्लेजुङ असोज २९ गते ,किरण गदाईली ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र दोभान बजारमा गत असोज ८ गते भएको आगलागीबाट प्रभावित

दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति गर्न व्यवसायीहरूलाई ताप्लेजुङ प्रशासनको निर्देशन
रेडियो ताप्लेजुङ असोज २६ गते । जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङले दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति गर्न व्यवसायीहरूलाई निर्देशन दिएको

कञ्चनजङ्घा सामुदायिक सहकारी ताप्लेजुङको आम्दानी झन्डै १ करोड ५५ लाख
रेडियो ताप्लेजुङ असोज १६ गते । कञ्चनजङ्घा सामुदायिक बहुमुखी सहकारी संस्था ताप्लेजुङको तेइसौँ वार्षिक साधारण सभा तथा २५औँ रजत जयन्ती शुक्रबार

..jpeg)
..jpeg)

..jpeg)



प्रतिकृया दिनुहोस