ताजा खबर

चाडपर्व लक्षित आकस्मिक स्वास्थ्य सेवाका लागि मेरिङदेनद्वारा विशेष योजना

SITENAME

रेडियो ताप्लेजुङ


असोज २७ गते । चाडबाडको छुट्टीको समयमा आकस्मिक स्वास्थ्य सेवाका लागि ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले विशेष योजना अघि सारेको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद केदेमका अनुसार बडादसैँको नौ दिनको बिदाको समयमा कुनै पनि आकस्मिक वा प्रसूति सेवा आवश्यक परेमा ११ जना स्वास्थ्यकर्मीलाई सेवाका लागि खटाइएको छ। सबै वडाबाट प्रतिनिधित्व हुने गरी स्वास्थ्यकर्मीलाई खटाइएको र आवश्यक परे उहाँहरूको मोबाइल नम्बरमा सम्पर्क गरी अत्यावश्यक तथा प्रसूति सेवा लिन पालिकाले अनुरोध गरेको छ।

पाँचवटा वडामा दुई-दुई जना स्वास्थ्यकर्मीलाई खटाइएको छ भने तीन नम्बर वडा खाम्लुङमा एक जना स्वास्थ्यकर्मीलाई खटाइएको पालिकाले जनाएको छ।

बडादसैँको बिदा असोज ३१ गतेदेखि कात्तिक ८ गतेसम्म जम्मा नौ दिन रहने पालिकाले जनाएको छ।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

 

 

प्रतिकृया दिनुहोस
SITENAME

ताप्लेजुङ अस्पतालको निर्माणाधीन भवनको विषयमा चाँडै निर्णय लिन्छौँ : सांसद थापा

रेडियो ताप्लेजुङ असोज २७ गते । प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘हामी आउँदै छौँ अभियान २०८३’ अन्तर्गत ताप्लेजुङ

SITENAME

जिसस ताप्लेजुङद्धारा वडादसैँको अवसरमा शुभकामना आदानप्रदान, जिल्लाका समसामयिक विषयमा छलफल

रेडियो ताप्लेजुङ असोज २६ गते । जिल्ला समन्वय समिति ताप्लेजुङले वडादसैँको अवसरमा शुभकामना आदानप्रदान तथा जिल्लाका विभिन्न सरोकारका विषयमा

SITENAME

पापुङमा बर्थिङ सेन्टर सञ्चालनमा

रेडियो ताप्लेजुङ असोज २६ गते । मिक्वाखोला गाउँपालिका वडा नम्बर ५ पापुङमा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ। एक करोड ४३ लाख रुपैयाँ लागतमा निर्मित