ताजा खबर

जिसस ताप्लेजुङद्धारा वडादसैँको अवसरमा शुभकामना आदानप्रदान, जिल्लाका समसामयिक विषयमा छलफल

SITENAME

रेडियो ताप्लेजुङ


असोज २६ गते । जिल्ला समन्वय समिति ताप्लेजुङले वडादसैँको अवसरमा शुभकामना आदानप्रदान तथा जिल्लाका विभिन्न सरोकारका विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ।

दसैँतिहारको समयमा हुने मूल्यवृद्धि, कालोबजारी, यातायात व्यवस्थापन तथा शान्तिसुरक्षालगायतका विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो।

उक्त अवसरमा फुङ्लिङ नगरपालिका उपप्रमुख भीमादेवी ओझाले यातायात व्यवस्थापनका लागि मेयर अमिर मादेन जिल्ला आउनासाथ एउटा निकास दिने बताइन्। मेरिङ्देन गाउँपालिका अध्यक्ष युकहाङवीर हाङ्गामले दसैँअगाडि नै पालिकाका सबै सडकमा यातायात चल्ने गरी बनाउने प्रतिबद्धता व्यक्त गरे।

प्रमुख जिल्ला अधिकारी र प्रहरी नायव उपरीक्षकले चाडपर्वका समयमा अपनाउनुपर्ने सजगता अपनाइएको र शान्तिसुरक्षाका लागि ढुक्क हुन आग्रह गरे। कहीँकतै कुनै सम्भावित घटना भए जानकारी गराइदिन आग्रह गरे।

जिल्ला अस्पतालका प्रमुखले अस्पतालमा सुरक्षाकर्मीको सङ्ख्या बढाइदिन आग्रह गर्दै दसैँतिहारका लागि स्वास्थ्यकर्मी परिचालनको विषयमा प्रशासन कार्यालयलाई जानकारी गराइएको बताए।

जिल्ला समन्वय अधिकारी विष्णु न्यौपानेले सरोकारवालाको राय र जिल्लाको वस्तुस्थिति बुझ्न अन्तरक्रिया फलदायी भएको बताए।

समन्वय प्रमुख छिरिङ लामाको सभापतित्वमा भएको कार्यक्रममा जनप्रतिनिधि, कार्यालय प्रमुख तथा सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति थियो।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

प्रतिकृया दिनुहोस
SITENAME

चाडपर्व लक्षित आकस्मिक स्वास्थ्य सेवाका लागि मेरिङदेनद्वारा विशेष योजना

रेडियो ताप्लेजुङ असोज २७ गते । चाडबाडको छुट्टीको समयमा आकस्मिक स्वास्थ्य सेवाका लागि ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले विशेष योजना अघि सारेको

SITENAME

ताप्लेजुङ अस्पतालको निर्माणाधीन भवनको विषयमा चाँडै निर्णय लिन्छौँ : सांसद थापा

रेडियो ताप्लेजुङ असोज २७ गते । प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘हामी आउँदै छौँ अभियान २०८३’ अन्तर्गत ताप्लेजुङ

SITENAME

पापुङमा बर्थिङ सेन्टर सञ्चालनमा

रेडियो ताप्लेजुङ असोज २६ गते । मिक्वाखोला गाउँपालिका वडा नम्बर ५ पापुङमा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ। एक करोड ४३ लाख रुपैयाँ लागतमा निर्मित