दशौँ राष्ट्रिय खेलकुद ताप्लेजुङ जिल्ला छनोट असोज २६, २७ र २८ गते
..jpeg)
किरण गदाइली
असोज १८ गते । मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने दशौँ राष्ट्रिय खेलकुदका लागि ताप्लेजुङ जिल्ला खेलाडी छनोट असोज २६, २७ र २८ गते हुने भएको छ।
जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका अध्यक्ष चन्द्र थेबेका अनुसार असोज १९ गतेसम्म फारम दर्ता गरेका खेलाडीहरूबाट उक्त तीन दिन ३२ वटा विधामा खेलाडी छनोट गरिँदैछ।
आइटीएफ तेक्वान्दोबाहेकका विधाहरूमा सदरमुकाम फुङ्लिङस्थित विभिन्न क्षेत्रहरूमा खेलाडी छनोट गरिनेछ।
आइटीएफ तेक्वान्दोको छनोट भने सिदिङवा गाउँपालिकाको केन्द्र साब्लाखुमा हुने कार्यालय प्रमुख यज्ञनिधि पौडेलले जानकारी दिनुभएको छ।
जिल्लाबाट छनोट भएका खेलाडीहरूले कोशी प्रदेशस्तरीय छनोटमा सहभागी हुनुपर्नेछ। उक्त छनोटमा समेत सफल भएमा प्रदेशको प्रतिनिधित्व गर्दै दशौँ राष्ट्रिय खेलकुदमा सहभागिता बन्न सकिने समितिले जनाएको छ।
सहभागी बन्न चाहने खेलाडीहरूको आवेदनका लागि जिल्लाका सबै पालिकाहरूमा फारम पुर्याइएको छ भने विकास समितिको कार्यालयबाट पनि अधिक मात्रामा फारम वितरण भएको अध्यक्ष थेबेले जानकारी दिनुभयो।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

फुटबल, भलिबल र हाफ म्याराथन प्रतियोगिताले खेलकुदमय बन्दै खेवाङ
रेडियो ताप्लेजुङ असोज १८ गते । सिरिजङ्घा गाउँपालिकाको खेवाङमा हुने खेवाङ खेलकुद महोत्सव २०८३ मा हाफ म्याराथन, क्लबस्तरीय पुरुष फुटबल तथा वडास्तरीय

दशौँ राष्ट्रिय खेलकुद : ताप्लेजुङबाट छनोटमा सहभागी हुन असोज १९ गतेभित्र आवेदन दिनुपर्ने
मदन गौतम ताप्लेजुङ, असोज १४ गते । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आगामी मङ्सिर १६ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद
..jpeg)
पाथीभरा याङवरकले ६ विधाका खेलमा प्रशिक्षक राख्ने
रेडियो ताप्लेजुङ असोज १गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले आगामी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितालाई दृष्टिगत गर्दै विभिन्न ६ विधाका

.jpeg)

..jpeg)
..jpeg)

..jpeg)


प्रतिकृया दिनुहोस