अब फक्ताङलुङका नागरिकले एक्सरे सेवाका लागि सदरमुकाम जानु नपर्ने

रेडियो ताप्लेजुङ
भाद्र २७ गते । जिल्लाको फक्ताङलुङ गाउँपालिकाले एक्सरे सेवा सञ्चालनमा ल्याएको छ ।
शुक्रबारबाट आधारभूत स्वास्थ्य चौकी तापेथोकमा औपचारिक रूपमा एक्सरे सेवा सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ।
सेवा सुरु भएसँगै सामान्य एक्सरे गराउन सदरमुकाम जानुपर्ने बाध्यता ,यातायात खर्च ,समय र अनावश्यक झन्झट अन्त्य हुने गाउँपालिका अध्यक्ष राजन लिम्बु (मुक्ति )ले विश्वास लिनुभएको छ ।
उक्त सेवाले आर्थिक रूपमा कमजोर,जेष्ठ नागरिक,अशक्त तथा आकस्मिक उपचार आवश्यक पर्ने बिरामीलाई प्रत्यक्ष रूपमा लाभ मिल्ने गाउँपालिकाले अपेक्षा लिएको छ।
आगामी दिनमा अस्पतालका आवश्यक जनशक्ति,उपकरण प्रयोगशाला औषधि तथा अन्य उपचार सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै लाने प्रतिबद्धताका साथ
एक्सरे मेसिन जडानले भौगोलिक विकटता बीच नागरिकलाई आफ्नै गाउँमा भरपर्दो र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने अभियानमा महत्त्वपूर्ण उपलब्धि भएको अध्यक्ष लिम्बुले बताउनुभयो।
दुर्गम गाउँमा एक्सरे सेवा पुग्नु भनेको स्थानीय नागरिकले समयमै रोग पहिचान र उपचार पाउनु हो, जसले स्वास्थ्य जोखिम, खर्च र अनावश्यक यात्रा कम गर्छ।क्षेत्रफलको आधारमा जिल्लाकै ठूलो फक्ताङलुङमा एक्सरे जडान भएसँगै दुर्गम हिमाली क्षेत्रका नागरिकले समेत सहज रुपमा सेवा पाउन सक्छन् ।क्छन् ।

जिल्ला अस्पताल ताप्लेजुङमा क्यूआर भुक्तानी सेवा सुरु
रेडियो ताप्लेजुङ भाद्र ८ गते । जिल्ला अस्पताल ताप्लेजुङले भुक्तानीका लागि 'क्यूआर पेमेन्ट'सुरु गरेको छ। यसअघि नगदमा मात्र कारोबार हुँदा

फुङ्लिङमा पहिलो पटक स्तनपान प्रवर्द्धन सम्बन्धी सचेतना कार्यक्रम
प्रिशा बस्नेत , ताप्लेजुङ, असार ८ । फुङ्लिङ नगरपालिकामा पहिलोपटक आमाको दूध प्रतिस्थापन गर्ने वस्तुहरूको बिक्री, वितरण तथा प्रवर्द्धन नियन्त्रण

फुङ्लिङ नगरपालिकामा दुई दिने मानसिक स्वास्थ्य सम्बन्धी तालिम सम्पन्न
प्रिशा बस्नेत ताप्लेजुङ, असार ७ गते । फुङ्लिङ नगरपालिकाको आयोजनामा मानसिक स्वास्थ्य सम्बन्धी दुईदिने तालिम आईतबार सम्पन्न भएको छ। मानसिक








प्रतिकृया दिनुहोस