ताजा खबर

सानिमा बैंक ताप्लेजुङद्वारा माध्यमिक शिक्षा छात्रवृत्तिका लागि दुई विद्यार्थी छनोट

SITENAME

रेडियो ताप्लेजुङ

भाद्र २६ गते ।सानिमा बैंक लिमिटेड ताप्लेजुङ शाखाले फुङ्लिङ नगरपालिकाका दुई जना गरिब तथा जेहेनदार विद्यार्थीलाई माध्यमिक शिक्षा (कक्षा ११/१२) का लागि छात्रवृत्तिमा छनोट गरेको छ।

छनोट हुने विद्यार्थीमा फुङ्लिङ नगरपालिका–६ की एसईई परीक्षामा ३.७३ जीपीए ल्याएकी निश्मा गुरुङ र फुङ्लिङ नगरपालिका–२ की ३.२२ जीपीए ल्याएकी सपना विक रहेका छन्।

छनोट भएका दुवै विद्यार्थीले बैंकबाट वार्षिक रूपमा प्रतिविद्यार्थी ५० हजार रुपैयाँका दरले नगद सहयोग पाउनेछन्। उक्त रकम लगातार दुई वर्ष प्रदान गरिनेछ। यसअनुसार प्रतिविद्यार्थी एक लाख रुपैयाँका दरले जम्मा दुई लाख रुपैयाँ छात्रवृत्ति प्रदान गरिने बैंकले जनाएको छ।

छात्रवृत्ति कार्यक्रमका लागि नगर क्षेत्रका स्थायी बासिन्दा विद्यार्थीहरूबाट निवेदन माग गरिएको थियो। प्राप्त निवेदनमाथि अन्तर्वार्ता तथा अन्य विवरणको अध्ययन गरी दुई जना विद्यार्थी छनोट गरिएको बैंकका ताप्लेजुङ शाखा प्रबन्धक सुनिल भट्टराईले जानकारी दिनुभयो।

शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराई,  पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुभाष आचार्य, फुङ्लिङ नगरपालिका–९ का अध्यक्ष लक्ष्मण गुरुङ, शैक्षिक व्यक्तित्व डिल्ली रमण बराल र शाखा प्रबन्धक भट्टराई सम्मिलित सिफारिस समितिले विद्यार्थी छनोट गरेको हो।

सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ 

प्रतिकृया दिनुहोस
SITENAME

जिल्ला अस्पताल ताप्लेजुङमा क्यूआर भुक्तानी सेवा सुरु

रेडियो ताप्लेजुङ भाद्र ९गते । जिल्ला अस्पताल ताप्लेजुङले भुक्तानीका लागि  'क्यूआर  पेमेन्ट'सुरु गरेको छ। यसअघि नगदमा मात्र कारोबार हुँदा

SITENAME

बजारमा दैनिक उपभोग्य वस्तुको चरम अभाव छैन : उद्योग वाणिज्य सङ्घ ताप्लेजुङ

रेडियो ताप्लेजुङ  श्रावण १९ गते ।उद्योग वाणिज्य सङ्घ ताप्लेजुङले बजारमा दैनिक सामग्री ग्याँस लगायतका वस्तुहरूको अभाव हुन लागेको र मूल्य वृद्धि

SITENAME

यात्रु पाए काठमाण्डौं ताप्लेजुङ हवाई उडान साउन १५ देखि

साउन १४, २०८३ ताप्लेजुङ सुकेटार विमानस्थलमा जेष्ठ २२ गतेदेखि हवाई उडान हुन सकेको छैन । नेपाल वायु सेवा निगमले सातामा तीन दिन सोमबार, वुधवार र