ताजा खबर

जिल्ला अस्पताल ताप्लेजुङमा क्यूआर भुक्तानी सेवा सुरु

SITENAME

रेडियो ताप्लेजुङ
भाद्र ८ गते । जिल्ला अस्पताल ताप्लेजुङले भुक्तानीका लागि  'क्यूआर  पेमेन्ट'सुरु गरेको छ। यसअघि नगदमा मात्र कारोबार हुँदा सेवाग्राहीहरूको गुनासो बढेको थियो । "सरकारी कारोबार निर्देशिका २०७६ " बमोजिम मंगलबारबाट यो सेवा सुरु गरिएको कार्यालयले जनाएको छ । सेवाग्राहीले भुक्तानी गरेको रकम जिल्ला अस्पताल ताप्लेजुङको नेपाल बैंक लिमिटेडमा रहेको खातामा जानेछ । टाढाबाट आएका,रातिको समयमा नगद कारोबारमा समस्या हुने सेवाग्राहीलाई विशेष सहजता हुने अस्पतालले विश्वास लिएको छ। 
हाल भने क्युआर भुक्तानी परीक्षणको क्रममा रहेकाले अति आवश्यकले मात्रै प्रयोग गर्न अस्पतालले अनुरोध गरेको छ।
अब कार्यालयले उपलब्ध गराएको आधिकारिक क्यूआर कोड स्क्यान गरेर सेवा शुल्क/राजस्व तिर्न सकिन्छ । मोबाइल बैंकिङ, डिजिटल वालेट वा अन्य क्यूआर-समर्थित माध्यमबाट रकम भुक्तानी गर्न सकिने बताइएको छ ।

यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

                                                            ©  रेडियो ताप्लेजुङ 

 

प्रतिकृया दिनुहोस
SITENAME

आयोजकलाई हराउँदै जर्जियन एफसी भारत पहिलो सेमिफाइनलमा

किरण गदाइली  ताप्लेजुङ, भदौ १२ गते । आयोजक ‘ताप्लेजुङ ११’ लाई हराउँदै ‘जर्जियन फुटबल क्लब’ कालिम्पुङ, भारत ‘चौथो अन्तर्राष्ट्रिय आमन्त्रण

SITENAME

‘तिम्बुङ अन्तर्राष्ट्रिय ट्रेल रन’ भाद्र २५ गते,सिदिङ्वाको कार्यपालिका बैठक तिम्बुङ पोखरी क्षेत्रमा बस्ने

किरण गदाइली ताप्लेजुङ, भाद्र ८ गते । ‘तिम्बुङ अन्तर्राष्ट्रिय ट्रेल रन प्रतियोगिता’ यस वर्ष भाद्र २५ गते हुने भएको छ। ट्रेल रनसहित दुर्लभ औषधीय

SITENAME

श्रम संस्कृति पार्टी ताप्लेजुङद्वारा पाँच विपन्न परिवारलाई घर निर्माण गरी हस्तान्तरण

किरण गदाइली ताप्लेजुङ, भदौ ७ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले श्रमदानमार्फत जिल्लाका विभिन्न पालिकामा पाँच विपन्न परिवारका लागि घर निर्माण