ताजा खबर

‘तिम्बुङ अन्तर्राष्ट्रिय ट्रेल रन’ भाद्र २५ गते,सिदिङ्वाको कार्यपालिका बैठक तिम्बुङ पोखरी क्षेत्रमा बस्ने

SITENAME

किरण गदाइली
ताप्लेजुङ, भाद्र ८ गते । ‘तिम्बुङ अन्तर्राष्ट्रिय ट्रेल रन प्रतियोगिता’ यस वर्ष भाद्र २५ गते हुने भएको छ। ट्रेल रनसहित दुर्लभ औषधीय गुण भएको वनस्पति पदमचाल (केन्जो) को अवलोकन, याक–चौरी प्रदर्शन र ‘केलाङ नृत्य’ मुख्य आकर्षण रहने आयोजक तिम्बुङ पोखरी पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष अमिर राईले जानकारी दिनुभयो।

यस वर्षको ट्रेल रन प्रतियोगितामा प्रथम र द्वितीय हुने पुरुष तथा महिला धावक–धाविकालाई समान रूपमा क्रमशः ८३ हजार ५ सय २५ रुपैयाँ र ६३ हजार ५ सय २५ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने राईले बताउनुभयो। पुरुषतर्फ तृतीय हुने धावकलाई ४३ हजार ५ सय २५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

यस्तै, स्थानीय सहभागितालाई प्रोत्साहन गर्न स्थानीय क्षेत्रबाट सहभागीमध्ये प्रथम हुने महिला वा पुरुषलाई ३३ हजार ५ सय रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

ट्रेल रन प्रतियोगितामा सहभागी हुन भाद्र २४ गतेसम्म दर्ता गरिसक्न आयोजकले आह्वान गरेको छ।

यस्तै, सोही अवसरमा भाद्र २४ गते सिदिङ्वा गाउँपालिकाले समुद्र सतहदेखि ४ हजार ३सय ८० मिटर उचाइमा अवस्थित तिम्बुङ पोखरी क्षेत्रमा कार्यपालिका बैठक आयोजना गर्ने भएको छ। उक्त बैठकबाट सो क्षेत्रलाई ‘पदमचालको राजधानी’ घोषणा गरिने गाउँपालिकाले जनाएको छ।

कार्यक्रमको मुख्य प्रवद्र्धक सिदिङ्वा गाउँपालिका रहेको छ भने आर्थिक सहयोग पर्यटन कार्यालय काकडभिट्टाले गर्नेछ। ट्रेक ८५८६ सहयोगी संस्थाका रूपमा रहेको छ।

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–१ कालीखोलामा अवस्थित तिम्बुङ पोखरीको प्रवद्र्धन गर्दै यस क्षेत्रको अथाह पर्यटन सम्भावनालाई प्रचार–प्रसार गर्ने उद्देश्यले विगतका वर्षहरूमा समेत कार्यक्रम आयोजना हुँदै आएको थियो। गत वर्ष भने जेन्जी आन्दोलनका कारण कार्यक्रम स्थगित भएको थियो।

विगतका वर्षको तुलनामा यस वर्ष कार्यक्रमलाई थप भव्य रूपमा आयोजना गरिने समितिका अध्यक्ष राईले रेडियो ताप्लेजुङलाई बताउनुभयो।

सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

                                                            ©  रेडियो ताप्लेजुङ 

प्रतिकृया दिनुहोस
SITENAME

आयोजकलाई हराउँदै जर्जियन एफसी भारत पहिलो सेमिफाइनलमा

किरण गदाइली  ताप्लेजुङ, भदौ १२ गते । आयोजक ‘ताप्लेजुङ ११’ लाई हराउँदै ‘जर्जियन फुटबल क्लब’ कालिम्पुङ, भारत ‘चौथो अन्तर्राष्ट्रिय आमन्त्रण

SITENAME

गणेश लङ्वाको अध्यक्षतामा ताप्लेजुङमा खो-खो कार्यसमिति गठन

ताप्लेजुङ  श्रावण ३१ गते ।ताप्लेजुङमा जिल्ला स्तरीय 'खो-खो' कार्यसमिति गठन गरिएको छ।  आइतबार गणेश लङ्वाको अध्यक्षतामा ९ सदस्य कार्यसमिति चयन

SITENAME

ताप्लेजुङ गोल्डकको ‘प्लेयर अफ द म्याच’ले अलैँची पुरस्कार पाउने

किरण गदाईली ताप्लेजुङ, श्रावण २८ गते ।  अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपमा  ‘प्लेयर अफ द म्याच’बन्ने खेलाडीलाई पुरस्कार