ताजा खबर

गरिमा चौधरीको न्यायका लागि ताप्लेजुङमा प्रदर्शन

SITENAME

किरण गदाइली
ताप्लेजुङ भाद्र ६ गते । बाराकी तीनवर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि विभत्स हत्या भएको घटनाको विरोधमा ताप्लेजुङमा महिलाहरूले प्रदर्शन गरेका छन् । "ताप्लेजुङदेखि उठेको यो आवाज गरिमाले न्याय नपाएसम्म रोकिने छैन ", "कानुन संशोधन गरौँ, बलात्कारी र हत्यारालाई मृत्युदण्ड दिऔं "लेखिएको ब्यानर सहित सदरमुकाम फुङ्लिङमा शनिबार अपराहन प्रदर्शन गरिएको हो।

प्रदर्शनमा सहभागी महिलाहरूले " Justice for Garima " ,न्याया देऊ सरकार " जस्ता शब्दहरू लेखिएका प्लेकार्ड बोकेका थिए भने "गरिमालाई न्याय दे ", "संविधानलाई संशोधन गर ", "बलात्कारीलाई फाँसी दे " जस्ता नारा लगाएका थिए ।

सयौंको सङ्ख्यामा महिलाहरूको सहभागिता रहेको उक्त र्‍याली  तोक्मे डाँडाबाट सुरु भई वीरेन्द्र चोकमा पुगी कोणसभामा परिणत भएको थियो। यस्तै,बालिका चौधरीको न्याय र  आत्माको  चिर शान्तिको कामना गर्दै  तोक्मे डाँडामा गत बिहीबार सामाजिक संस्था "होफ फर अल " लगायतले दीप प्रज्वलन गरेका थिए ।

पछिल्लो जानकारी अनुसार प्रहरीले यस प्रकरणमा थप चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। प्रहरी प्रधान कार्यालयले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाए पनि नागरिक स्तरबाट खबरदारी स्वरूप प्रदर्शन रोकिएको छैन।

 

प्रतिकृया दिनुहोस
SITENAME

ताप्लेजुङको तेल्लोकमा इलाका प्रशासन कार्यालय शुभारम्भ

किरण गदाइली ताप्लेजुङ, भदौ ५ गते । सिरिजङ्घा गाउँपालिकाको केन्द्र तेल्लोकमा इलाका प्रशासन कार्यालयको शुभारम्भ भएको छ। शुक्रबार विशेष

SITENAME

सर्पले डस्दा ताप्लेजुङमा एक किशोरीको मृत्यु

रेडियो ताप्लेजुङ भाद्र २ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ हाङदेवामा सर्पले डस्दा एक किशोरीको मृत्यु भएको छ। वडा नम्बर ९ का वडाध्यक्ष लक्ष्मण

SITENAME

कक्षा १० र १२ का विद्यार्थीहरूबाट प्रमाणपत्र बापत बढी शुल्क नलिनु : मेरिङदेन गाउँपालिका

रेडियो ताप्लेजुङ भाद्र २ गते । कक्षा १० र १२ उत्तीर्ण विद्यार्थीहरूबाट प्रमाणपत्रबापत विद्यालयहरूले बढी शुल्क लिएको प्रति मेरिङदेन गाउँपालिकाले