ताजा खबर

फ्राइडे रिलिज स् हलमा दुई नयाँ फिल्म, कबड्डी ४ तेस्रो हप्तामा

RadioTaplajung


काठमाडौं , जेष्ठ २७ गते ।
शुक्रबारदेखि दुई वटा नयाँ फिल्म प्रदर्शनमा आएका छन्। कन्नड फिल्म ु७७७ चार्लीु र हलिउड फिल्म ुजुरासिक वर्ल्ड डोमिनियनु प्रदर्शनमा आएका हुन्।

किरनराज केको लेखन तथा निर्देशनमा बनेको ु७७७ चार्लीु एडभेन्चर कमेडी ड्रामा जनरामा बनेको फिल्म हो, जसमा कुकुर र मान्छेको सम्बन्ध मुख्य विषयवस्तु बनाइएको छ। फिल्ममा कुकुरसहित रक्षित सेट्टी, संगीता श्रींगेरी, राज सेट्टी, डेनिस सैट लगायत कलाकारको मुख्य भूमिका छ।

त्यस्तै कोलिनट्रेवोरोको निर्देशनमा बनेको साइन्स फिक्सन एक्सन फिल्म ुजुरासिक वर्ल्ड डोमिनियनु सर्वाधिक शोका साथ प्रदर्शनमा आएको छ। फिल्मको एडभान्स बुकिङ भने अपेक्षित छैन। यो जुरासिक वर्ल्ड फ्रेन्चाइजको छैटौँ फिल्म हो। जुरासिक वर्ल्ड सर्वाधिक कमाइ गर्ने साइन्स फिक्सन फिल्म फ्रेन्चाइज मध्येमा पर्छ।

त्यस्तै नेपाली फिल्म ुकबड्डी ४ु तेस्रो हप्तामा प्रवेश गरेको छ। यसले दुई हप्तामा १८ करोडभन्दा बढी कमाइ गर्दै सर्वाधिक आम्दानी गर्ने नेपाली फिल्मको कीर्तिमान बनाएको छ। फिल्मले तेस्रो हप्तामा पनि राम्रो शो पाएको छ। प्रतीक्षित दुई नयाँ फिल्म प्रदर्शनमा आउँदा कबड्डी ४ को व्यवसायमा सामान्य असर पर्ने देखिएको छ।

यसबाहेक गत हप्तादेखि प्रदर्शनमा आएको तामिल फिल्म ुविक्रमु पनि दोस्रो हप्तामा प्रवेश गरेको छ। क्यूएफएक्सले ुभुल भुलैया २ु र ुटप गनः मबरिकुलाई पनि शो दिएको छ। हलिउड फिल्म ुडाक्टर स्ट्रेन्जु, गत हप्तादेखि प्रदर्शनमा आएको बलिउड फिल्म ुसम्राट पृथ्वीराजु भने हलबाट उत्रिएका छन्।
थाहा खबर

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण