ताजा खबर

राजनीतिमा जे देखियो

RadioTaplajung

प्रिशा वस्नेत ,ताप्लेजुङ, बैसाख १५ गते 
 

मुलुकलाई बलियो बनाउन मूलतः राजनीति बलियो हुनुपर्छ । राजनीतिलाई बलियो बनाउन राजनीति पार्टीहरू बलियो हुनुपर्छ। राजनीतिक पार्टीलाई बलियो बनाउन ती पार्टीका नेताहरू बलियो हुनुपर्छ। नेताहरू बलियो हुन तिनै पार्टीका नेताहरू ठीकसँग चल्न सक्नु पर्छ । त्यही पार्टीका नेता कार्यकर्ता ठिक संग चल्न नसक्दा पार्टी भित्रै एक अर्का बिच खुट्टा तानातान र संगठन नै तहसनहस हुने देखिन्छ । अहिलेको राजनीति पार्टीहरू पार्टीको हैसियतमा क्रियाशील हुन सकेका छैनन्। पार्टी भित्रै गुट ,उपगुट सिर्जना भएको छ । न विचारको मतलब छ, न सिद्धान्त। न इमान्दारी न त नैतिकता नै । के गर्दा अर्कालाई हराउन सक्छु र आफू माथी उठन सक्छु, अनि चुनाब जित्न सक्छु । उनीहरूको उम्मेदवार छनोटको आधार पनि त्यही नै छ। योगदान, सामाजिक छवि, नैतिकता, क्षमता र योगदान एकातिर पन्छाइएका छन्। भने अर्कोतिर दलहरूले बाहुबली, धनबली उम्मेदवार खोजिरहेछन्। यसको उद्देश्य भनेकै जसरी पनि आफू नेतृत्वमा पुग्नु र चुनाव जित्ने भन्ने हो । प्रजातान्त्रिक राजनीतिको व्यवस्थाको सुन्दर पक्ष भनेकै निर्वाचन हो । निर्वाचनको मतलब हो जनताले आफ्ना प्रतिनिधि स्वतन्त्र ढंगले चुन्ने । तर, त्यो स्वतन्त्रता जनतालाई छैन । प्रमुख दलहरूले उठाएका उम्मेदवारमध्ये कसै न कसैको जित अवस्य हुन्छ । चुनावपूर्वको गठबन्धनकै कारण छनोटको अवसर कम जुरेको गुनासो समेत हुने गरेको पाइन्छ । तेहि अवसर न पाएको भन्दै दसकौ लामो समय पार्टीमा रहेका नेता कार्यकर्ताले धमाधम राजिनामा दिन थालेका छन , । पार्टी नेतृत्वले समिकरण र टिकट वितरण गर्दा कार्यकर्ताको भावना विपरित र संगठननै तहसनहस वनाउने गरी गरेको भन्दै काग्रेस जिल्ला कार्य समितिका पूर्व सभापति लगायतले पार्टी बाट राजीनामा दिए सन्दर्भ हो ताप्लेजुङको । टिकट वितरणमा पनि एकलौटी गरिएको र प्रदेश सदस्य तथा एक नम्वर प्रदेशका उद्योग श्रम तथा रोजगार मन्त्रीले हस्तक्षेप गरेको भन्दै असन्तुष्ट बनेका थियो । आफ्ना उम्मेद्धार विजयी गराउन पार्टी नेतृत्वले समन्वय नगरेको, कार्यकर्ता पलायनको अवस्थालाई नजर अन्दाज गरिएको, पार्टीमा अवाञ्छित कार्य गर्नेलाई संरक्षण गरिएको अनुगमनको मात्रै अधिकार भएका प्रदेश सदस्य हावी भएको जस्ता गुनासा सार्वजनिक गर्दै राजिनामा गरेको असन्तुष्ट पक्षको भनाइ थियो । अचेल देश, समाज र नागरिकको भाग्य निर्माण गर्ने राजनीतिलाई डोर्‍याउने हरेक दलका अगुवाहरू यति असभ्य र अश्लील भाषामा एकअर्कालाई गाली गर्न थालेका छन । टिकटको विषयमा छलफल हु‘दा महिला समावेसिताको कुरा उठाएको र ‘महिला सहिला हैन निस्केर जा’ भनेर आफुमाथी अपशब्द प्रयोग गरेको नेपाली कांग्रेस ताप्लेजुङकि पुर्व सभापतिले दावी समेत गर्नु भयो । स्थानीय तहको चुनाव नजिकिँदै गर्दा प्रायः राजनीतिक दलका नेता एकअर्कालाई होच्याउन ,गाली गर्न र दोसारोप लगाउन प्रतिस्पर्धारत छन् । लोकतान्त्रिक शासन व्यवस्थाका लागि निर्वाचन सबैभन्दा ठूलो पर्व मानिन्छ । तर यहि निर्वाचन आजभोलि बाहुबली र धनबालीहरु को एक लौटि बन्दै गएको छ । नेताहरूले आफ्ना कार्यकर्ता वा नयाँ पुस्तालाई कस्तो संस्कार, कस्तो संस्कृति र कस्तो सभ्यता सिकाउने भन्ने नै बिर्सिन थालेका छ्न । नेताहरूको व्यवहार र भाषा हेर्दा देशको आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक भविष्य अँध्यारो सुरुङतिर जाँदै गरेको अनुभूति नेपाली जनताले गर्न थालेका छन । अब त, सरकार भत्काउने र बनाउने खेल बन्द होला भन्ने जनताको विश्वास थियो। तर, बल्झ्यो, उही संसदीय राजनीतिको पुरानै रोग। मुलुकका दुई ठूला दल नेपाली काङ्ग्रेस र माओवादी केन्द्रले चुनावमा गठबन्धन गरे । तर यहि गठबन्धन भित्रैको असन्तुष्टिले राजनितीलाई उथल पुथल बनायो । यता एक्लै चुनावी प्रतिस्पर्धामा जाने नेकपा एमालेले समेत एक अर्का प्रती दोसारोप लगाउन भ्याइनभ्याई देखिन्छ । नेकपा एमालेको तर्फबाट फुङ्लिङ नगरपालिकाका मेयर पदका उम्मेदवार रद्द गर्न सोही पार्टी भित्रका असन्तुष्ट समूहले माग गरे। फुङलिङ नगरपालिका नगर कमिटि अध्यक्ष , जिल्ला कमिटि उपाध्यक्ष र प्रदेश कमिटि सदस्य द्धारा हस्ताक्षरित पत्रमा टिकट पाएका आफ्नै पार्टीका नेतालाई तत्काल हटाउन माग गर्यो । अघिल्लो स्थानीय तहको निर्वाचनमा समेत आफ्नै पार्टीका उपमेयरका उम्मेदवार लाई हराउन राप्रपाका उम्मेदवारलाई जिताउन अपवित्र गठबन्धन गरेको कागज समेत सार्वजनिक गरेको थियो । अघिल्लो कार्यकालमा नगरपालिकामा मनोमानी ढंगले काम गरेको र नगरपालिकालाई भ्रष्टचारको अखडा बनाएको भन्दै विभिन्न ८ बुँदे आरोप र विभिन्न शीर्षक देखाएर पत्र सार्वजनिक सम्म गर्यो । यहि राजनीतिले गर्दा मुलुकले ठुलो घाटा बेहोर्नु पर्ने देखिन्छ । अहिले सम्म हेर्ने हो भने २००७ सालमा प्रजातन्त्रको स्थापनादेखि आज पर्यन्त मुलुकमा कुनै पनि सरकारले पाँच वर्षसम्म शासन गरेको इतिहास छैन। चुनावमा शक्तिशाली बनाएर पठाएका पार्टीहरू सत्तामा पुगेपछि आपसी द्वन्द्वकै कारण विभाजित भएको देखिन्छ । आसन्न स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा ताप्लेजुङको राजनीति धेरै खच्किदै गएको देखिन्छ । स्थानीय तहको चुनाव आउन अब ३ साता मात्र बाकी छ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

जस्ता नेता, उस्तै पत्रकार

चैत्र १७ गते ।  आफ्नै आङ कन्याएर छारो उडाउने रहर कसलाई पो हुन्छ र ? तर, आज हामी नेपाली पत्रकार जुन अवस्थामा छौं, यहाँनेर छारो उडाएर मात्रै पुग्दैन ।

RadioTaplajung

छाउ गोठ कि छाउ सोच भत्काउने ?

तिलकप्रसाद सापकोटा,माघ ११ गते । अछामलगायत पश्चिम नेपालका अधिकांश जिल्लाका स्थानीय तहमा पुस ९ देखि छाउ गोठ भत्काउ अभियान चलिरहेको छ। अहिलेसम्म दुई

RadioTaplajung

राष्ट्र बैंकमा अनियमितता हो कि भ्रष्टाचार ?

कार्तिक २० गते । राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि सरकारले अनियमितताको आरोपमा छानबिन गर्ने भएछ । लाभांश लैजाने प्रक्रियामा एनसेललाई