ताजा खबर

क्रिप्टो करेन्सीको प्रचारमा संलग्न रहेको भन्दै नायिका प्रियंका कार्की सँग सीआइवीको अनुसन्धान

RadioTaplajung

काठमाडौं : प्रहरीले नायिका प्रियंका कार्कीमाथि अनुसन्धान थालेको छ।

डिजिटल मुद्रा ‘क्रिप्टो करेन्सी’को अवैध कारोबारको प्रचार गरेको आरोपमा उनीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान सुरु गरेको जनाइएको छ।  सीआईबी प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले कार्कीलाई सोधपुछको लागि बोलाइएको पुष्टि गरे।

'आज हामीले उहाँलाई बोलाएर सोधपुछ गरिरहेका छौँ। समाजिक सञ्जालहरूमा क्रिप्टो करेन्सीमा लगानी गर्न उक्साउने खालको पोष्ट देखिएपछि हामीले अनुसन्धानका लागि बोलाएका हौँ', महतोले भने।

नेपाल राष्ट्रबैंकले गैरकानुनी भर्चुअल करेन्सी अर्थात् क्रिप्टो करेन्सी कारोबारमा संलग्नलाई कडा कारबाही गर्ने जनाइसकेको छ। राष्ट्रबैंकले पछिल्लो समय बजारमा क्रिप्टो करेन्सी जस्ता गैरकानुनी भर्चुअल मुद्राहरूको कारोबार बढेको, कारोबार गर्न प्रेरित गरेको र सोझालाई फसाउने कार्य बढेको भन्दै संलग्नलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ।

यसअघि चैत १ गते १० करोडको क्रिप्टो करेन्सी किनबेचको आरोपमा दुईजनाविरुद्ध राजस्व अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण