ताजा खबर

ओलम्पिकको साइबर सुरक्षाको नेतृत्व लिएका मन्त्रीलाई कम्प्यूटर चलाउनै आउँदैन

RadioTaplajung


ओलम्पिकको साइबर सुरक्षाको नेतृत्व लिएका मन्त्रीलाई कम्प्यूटर चलाउनै आउँदैन
 कात्तिक ३० गते ।  टोकियो ओलम्पिकको साइबर सुरक्षाको नेतृत्व लिएका मन्त्रीले नै अहिलेसम्म कम्प्युटर नचलाएको बयान दिएका छन् ।

गएको महिना मात्रै यो पोस्टमा नियुक्त भएका मन्त्री योसिताका साकुर्दाले यस्तो बताए पछि जापानमा यसको चर्को आलोचना भएको छ । जापानी समाचार संस्था क्यूदोका अनुसार उनले अहिलेसम्म कम्प्युटर चलाएका छैनन् ।

तर उनको कार्य क्षेत्र भनेको सन् २०२० मा हुने ओलम्पिक खेलमा साईबर अपराध नियन्त्रण गर्नु हो । जापानको विपक्षी दलका नेता मासातो इमामीले आश्चर्य व्यक्त गर्दै भने ‘ म निकै आश्चर्यमा परेँ, यो विश्वास नै गर्न नसक्ने कुरा हो, जो व्यक्ति साइबर अपराधको बारेमा काम गर्दैछ उसले अहिलेसम्म कम्प्यूटर नै चलाएको छैन ।’

तर मन्त्री साकुर्दाले कम्प्यूटर नचलाए पनि काम गर्न अप्ठेरो नहुने बताए । सामाजिक सञ्जालमा मन्त्रीलाई व्यंग गर्दै उनलाई ह्याक गर्न अप्ठेरो पर्ने उल्लेख गरिएको छ । उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा

  फागुन ४ गते । अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।  मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै

RadioTaplajung

गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा

  फागुन ३ गते । गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० मा

RadioTaplajung

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय

माघ २३ गते । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर(इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल