ताजा खबर

सार्वजनिक भयो रणवीर र दीपिकाको विवाहको फोटो

RadioTaplajung


सार्वजनिक भयो रणवीर र दीपिकाको विवाहको फोटो
कार्तिक ३० गते । पछिल्लो २४ घण्टामा भारत तथा विश्वभरका बलिउडका प्रशंसक एउटा तस्बिरको पर्खाईमा थिए । त्यो पर्खाईको घडी अब सकिएको छ ।

भर्खरै विवाह गरेका बलिउड जोडी रणवीर सिंह र दीपिका पादुकोणको बिहेको तस्बिर कतिबेला सार्वजनिक हुन्छ भनेर सबै पर्खाईमा थिए ।

रणवीर सिंहले आफ्नो ट्विटर एकाउण्टमा दुईवटा तस्बिर सार्वजनिक गरेका छन् । त्यस्तै दीपिकाले इन्स्टाग्राममा बिहेको तस्बिर सार्वजनिक गरेका छन् ।

रणवीरले सार्वजनिक गरेको फोटोमा रणवीर रातो शेरवानीमा छन् भने दीपिका रातै रंगको लेहंगामा छिन् ।

अर्को तस्बिरमा भने रणवीर सेतो शेरवानीमा छन् । यो तस्बिरमा रणवीर र दीपिका एकअर्कालाई हेर्दै हाँसिरहेका छन् । रणवीरले हातमा हार बोकेका छन् ।
रणवीर र दीपिकाको विवाह बुधबार इटालीमा भएको हो । इटालीको लेक कोमोमा दुवैको विवाह कोंकणी रीतिरिवाजअनुसार भएको हो ।

यो विवाहमा एकदमै नजिकका नातेदार र साथीहरुलाई मात्रै बोलाइएको थियो । उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण