ताजा खबर

‘ठग्स अफ हिन्दुस्तान’को टिकट महंगियो,आमिर भन्छन्-‘मलाई थाहा छैन’

SITENAME

‘ठग्स अफ हिन्दुस्तान’को टिकट महंगियो,आमिर भन्छन्-‘मलाई थाहा छैन’

कार्तिक २२ गते ।  बलिउडमा चाडपर्वको समयमा रिलिज हुने स्टारका चलचित्रको टिकट सधै नै महंगिने गर्छ । बलिउडका चर्चित नायक आमिर खानको मुख्य भूमिका रहेको चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ बिहिबारदेखि रिलिज हुँदैछ ।

यो चलचित्रलाई तिहारको अवसर पारेर रिलिज गर्न लागिएको हो । चलचित्रको बुकिङ विश्वभर खुल्ला भैसकेको छ । तर, चलचित्रको टिकट दर उच्च रुपमा वृद्धि हुँदा मध्यम वर्गका दर्शकले चलचित्र हेर्न नपाउने हुन् कि भन्ने टिप्पणी पनि हुन थालेको छ ।

यो बिषयमा चलचित्रका मुख्य कलाकार आमिर खानले भनेका छन्(‘मलाई यो बिषयमा केही पनि थाहा छैन । म चलचित्रको प्रमोशनमा व्यस्त छु । म चाहन्छु यो चलचित्र हरेक बर्गका दर्शकले हेरुन् ।’

यशराजको ब्यानरमा निर्माण भएको चलचित्रमा आमिरको साथमा अमिताभ बच्चन, कट्रिना कैफ लगायतका कलाकारको मुख्य भूमिका छ । अनलाइनखबर

 

प्रतिकृया दिनुहोस
SITENAME

न्युयोर्कमा स्रष्टा सम्झना तथा सम्मान साँझ सम्पन्न

पुष्कर बराल  - न्युयोर्क,नेपाली अमेरिकन कलाकार संघले डिसेम्बर ८ मा पहिलोपटक नेपालका महान श्रष्टा तथा सर्जकहरुको सम्मानका लागि विशेष सांगितिक

SITENAME

अपारदर्शी मिस वर्ल्ड, श्रृंखलामाथि ‘अन्याय’ !

  मंसिर २३ गते । मेक्सिकोकी सुन्दरी भानेसा पोन्स डे लियोनलाई ताज पहिर्‍याउँँदै चीनमा मिस वर्ल्ड २०१८ प्रतियोगिता शनिबार पटाक्षेप भयो । नेपालकी

SITENAME

सकियो शृङ्खलाको मिस वर्ल्ड बन्ने सपना शृङ्खला मिस वर्ल्डको टप १२ बाटै आउट

रेडियो ताप्लेजुङ-मिस नेपाल शृङ्खला खतिवडा मिस वर्ल्डको यात्रा शीर्ष १२ मा नै टुंगिएको छ । चीनको सान्यामा जारी मिस वर्ल्डको फाइनलमा टप १२ मा पुग्न सफल