फिल्म समीक्षाः अब्बल फिल्म बन्नबाट चुकेको ‘जय भोले’

SITENAME


फिल्म समीक्षाः अब्बल फिल्म बन्नबाट चुकेको ‘जय भोले’
कात्र्तिक ४ गते। अशोक शर्मा आफ्नो जमानाका चल्तापूर्जा निर्देशक हुन्, जसले ‘ट्रक ड्राइभर’, ‘अल्लारे’ जस्ता सुपरहिट फिल्म बनाए । आज त्यही विशेषण नविकरण गर्नका लागि उनी ‘जय भोले’ लिएर आएका छन् । तर, यतिबेला ‘ट्रक ड्राइभर’को ह्याङओभरले कुनै जादु देखाउनेवाला छैन । किनभने दर्शकको सिनेमा चेत फेरिइसकेको छ ।

त्यसो त अशोक शर्मा ‘जय भोले’का एक्लो कप्तान होइनन् । उनको ब्याकअपमा खगेन्द्र लामिछाने छन् । खगेन्द्रलाई सम्झने एकाध फिल्म छन्, पशुपतिप्रसाद जस्ता । खगेन्द्रको खासियत के भने, उनमा साहित्य चेत छ । अभिनयमा दख्खल छ । सिनेमाका अवयवलाई बुझेका छन् । आफुले अभिनय गर्ने फिल्ममा अक्सर उनी नै स्क्रिप्ट तयार गर्छन् ।

अतः खगेन्द्र लामिछाने र अशोक शर्मा गठबन्धनको उपज हो, जय भोले ।

फिल्म कस्तो बनेको छ रु जवाफका लागि दर्शक हलसम्म पुग्नुपर्नेछ । दशैंको पूर्वसन्ध्यामा देशभरको हलमा ‘जय भोले’ लागिसकेको छ । तर, यसका लागि बाटो खुला भने छैन । मल्टिस्टार फिल्म ‘छक्का पञ्जा(३’ का दर्शकलाई फर्काउने चुनौती ‘जय भोले’सँग यथावत छ । करिब उस्तै किसिमको फिल्म, उस्तै समयमा एकसाथ प्रदर्शनमा आएकाले पनि दर्शक विभाजित हुने भय फिल्ममेकर्सलाई हुनसक्छ ।

कस्तो छ कथा रु

फिल्ममा एक मस्त जवान तन्नेरी छन्, जय गुरागाई ९खगेन्द्र लामिछाने०, जसको एउटै ध्येय हो निशा ९स्वास्तिमा खड्का०सँग घरजाम गर्ने । जय ईटाभट्टाका मालिक हुन् । निजी गाडी चढ्छन् । सुनका सिक्री लगाउँछन् । सुकिला(मुकिला छन् । तर, उनको एकतर्फी प्रेमले निशाको मन कतिपनि पग्लिएको छैन ।

निशाप्रति जयको आशक्ति कतिसम्म छ भने, ऊ बालुवामा, रुखमा, ढुंगामा ‘जय प्लस निशा’ लेख्दै हिँड्छ । यसरी निशाप्रति एकोहोरिएका जयलाई ‘ठेगान’ लगाउनका लागि भोले परियार ९सौगात मल्ल०को इन्ट्री हुन्छ । भोले ग्याँस डिपोमा मजदुरी गर्छन् । बेलामौकामा आफ्नै पेशागत धर्म निर्वाह गर्न पञ्चेबाजाको टोलीमा पनि सामेल हुन्छन् । उनी इमान्दार, कर्मठ मात्र छैनन्, बलियो(बाङ्गो पनि छन् ।

निशाकै निहुँमा जय र भोलेको दुश्मनी बढेको छ । उनीहरु बेलाबखत टाउको फुटाउँछन् । साँढे झै जुध्छन् । भोलेलाई ‘ठिक पार्न’ जयले गुरुङका छोरो ब्रुस्ली ९बुद्धि तामाङ०सँग मितेरी साइनो गाँसेका छन् । तर, यसरी आपसमा बढेको दुश्मनी तब एकढिक्का बन्छ, जब गाउँमा अर्का नवजवान शमसेर ९सलोन बस्नेत०को आगमन हुन्छ ।

अब कथामा ट्वीस्ट आउँछ । एकातिर प्रेम र घृणाको लडाई, अर्कोतिर सत्रुता र सहकार्यको जोडघटाउ ।

के छ राम्रो ?

खगेन्द्र लामिछानेले भड्किलो वा चड्किलो होइन, सरल र सरस कथा रचेका छन् । घतलाग्दो त के भने, सरसर्ती हेर्दा फिल्म वैशालु नवजोडीको प्रेमकथा जस्तो लाग्छ । तर, यो कथा मित्रताको हो । सुदमा र कृष्णजीको जस्तो । नेपाली समाजले गुमाइसकेको ‘मीतेरी प्रथा’लाई यसले व्युँत्याइदिएको छ ।

वैदेशिक रोजगारीले राष्ट्रिय अर्थतन्त्रमा गतिलो योगदान दिइरहेको होला । तर, यसले कसरी हाम्रा संस्कृति र परम्परालाई मास्दै लगेको छ भन्ने सुक्ष्म तथ्यलाई पनि फिल्मले जोडेको छ । ‘लोकबाजा तालिम केन्द्र’ खोल्नुपर्ने वहस छेड्दै फिल्मले परोक्ष रुपमा अनेक स्वार्थले फाट्दै र फुट्दै गएका युवाहरु एकजुट हुनुपर्छ भन्ने सन्देश दिएको छ ।

प्रेमको मियोमा फिल्मले मित्रताको कथा भनेको छ, एकदम सरल ढंगले ।

मध्यन्तरअघि दर्शकले पर्दाबाट ध्यान हटाउन सक्दैन । कथानकभन्दा पनि हास्यरसयुक्त प्रसंगहरुले दर्शकलाई एकोहोरो बनाउँछ ।  कमेडी फिल्म भएको नाताले दर्शकमा हाँसो ल्याउने यत्न गरिएको छ, त्यो पनि स्वभाविक ढंगले । कुनैपनि पात्र मुख बङ्याएर वा द्विअर्थी डायलग बोलेर हसाउँने चेष्टा गदैनन् ।

पात्रहरु सरल छन् । पारिवारिक पृष्टभूमी अनुसार उनीहरुको प्रवृत्ति झल्कन्छ । गेटअप, हाउभाउ, बोलीचाली पात्रको प्रवृत्ति अनुरुप मिल्दो देखिन्छ । इलाम र झापाको मनोरम पृष्टभूमीमा खिचिएको फिल्मले स्थानियताको मिठास पनि दिलाउँछ । खासगरी खगेन्द्र लामिछाने अर्थात जयले लेग्रो तानेर बोल्ने लवज र ‘दाजु’ सम्बोधन सुरुचीपूर्ण लाग्छ ।

फिल्ममा तीन पुस्ते कलाकार छन्, राजाराम पौडेल देखि स्वास्तिमा खड्कासम्म । लक्ष्मी गिरीदेखि सलोन बस्नेतसम्म । रामचन्द्र अधिकारीदेखि खगेन्द्र लामिछानेसम्म । यी सबैलाई एउटै ठाउँमा उभ्याएर फिल्मको तौल बढाउने जुन प्रयास गरिएको छ, त्यसका निम्ति गरिएको कसरत अनुत्पादक छैन ।

पाश्र्व ध्वनी यसको अर्को सवल पक्ष हो । जयले पुराना गीत अंकित टिसर्ट लगाउँछन्, जसमा परिस्थितीजन्य हरफहरु लेखिएका छन् । सोही अनुसार पृष्टभूमीमा बज्ने धुनले बेग्लै मिठास ल्याउँछ । जस्तो, ‘आज भोलि हरेक साँझ मात्तिन थालेछ’, ‘बिरही माया अधुरो रह्यो, बिर्सनु कसरी’, ‘म तिम्रो शहर छाडी टाढा जाँदैछु ।’

फिल्मको सार चाहि ‘एउटा मान्छेको मायाले कति, फरक पर्दछ जिन्दगीमा’ जस्तै छ ।

फिल्ममा खगेन्द्रले घतलाग्दो चरित्र निर्माण गरेका छन् । अरुले के सोच्छन्, अरुले के भन्छन् भन्ने कुराको कुनै परवाह नगरी मनमौजी जीवन विताउने तन्नेरीको भूमिकालाई उनले प्राण दिएका छन् । सामाजिक चेत बोकेका, परिश्रमी र इमान्दार दलित युवाको रुपमा सौगात मल्ल खास्सा छन् । सामान्य भूमिकामा पनि उनले आफ्नो छाप छाड्न सक्छन् । बुद्धि तामाङ, राजाराम पौडेल, लक्ष्मी गिरी, सलोन बस्नेत, स्वास्तिमा खड्का आदिको अभिनयमा खास नयाँपन छैन । बरु रामचन्द्र अधिकारी गज्जब छन् ।

किन चुक्यो फिल्म ?

अशोक शर्मा र खगेन्द्र लामिछाने एउटा अब्बल फिल्म बनाउनबाट चुकेका छन् । उनीहरु बजारको मनोविज्ञानबाट बढी निर्देशित छन् । त्यसैले त ‘फुल डोज इन्टरनेटमेन्ट’ दिने चक्करमा फिल्मले आफ्नो कन्टेन्ट गहन भएर पनि त्यसलाई डोहोर्‍याउन सकेको छैन ।

प्रेमको मियो उनिएको कथामा केही सामाजिक तत्व घुलनशिल छ । मितेरी प्रथा, पूख्र्यौली रीतिथितीमाथि वैदेशिक रोजगारीले गरेको प्रहार, मेलमिलापको भावना सुक्ष्म रुपले कथाभित्र उनिएको छ । तर, यी कुराहरुको उठान र निकासका लागि केवल संवादको भारी बोकाइएको छ । यी सामाजिक मूल्य र मान्यताभित्र दर्शक प्रवेश गर्नै सक्दैनन् । यी गहन पाटोमाथि खास अध्ययन नभएको मात्र होइन, प्रस्तुती पनि नपुगेको हो । खगेन्द्र लामिछानेले आफ्नो भूमिकामा ‘हिरोइज्म’ नखोजेको भए कथा यति फितलो हुने थिएन ।

मीत लगाउने प्रथालाई मात्र बलियो र गहिरोसँग समात्न सकेको भए फिल्मको घनत्व बढ्ने थियो । तर, अर्कासँग बदला लिने भित्री नियत राखेर मितेरी सम्बन्ध गाँसेको कथाले मितेरी प्रथामाथि ठट्टा गरिएको छ । जबकी भयानक दुश्मनीलाई मित्रतामा बदल्नदेखि नयाँ सामाजिक सम्बन्ध स्थापित गर्नका खातिर मितेरी प्रथाको विकास भएको पाइन्छ ।

फिल्ममा मन्दिरमा गएर मीत लगाएको देखाइन्छ । मीत लगाएको दिन भव्य तामझाम गरिन्छ । यो अतिरञ्जित मात्र छैन, मितेरी प्रथाको प्रारुपलाई विगारिएको छ ।

आफैले लेखेको स्क्रिप्टमा उनले ‘जय’लाई यति धेरै कथाको केन्द्रमा राखेका छन्, जसले अरु सामाजिक पाटो कमजोर बनाइदिएको छ । अर्थात फिल्ममा जय हावी हुँदा मूलकथाले आफ्नो अवयव गुमाएको छ ।

खगेन्द्रले जुन किसिमको छवी बनाएका छन्, त्यस अनुरुप ‘जय भोले’बाट अपेक्षा राख्नु भुल हुनेछ । यो फिल्ममा कतिपय प्रसंग अत्यान्तै नाजुक छ ।

आफ्नै उद्यम चलाएर बसेका युवा एउटी युवतीको पछाडि मरिहत्ते गरेर लाग्छ । तर, उनमा प्रेमिल भाव पैदा गर्न सकिएको छैन । केवल ‘मलाई त्यै केटी चाहिन्छ’ शैलीमा पच्छ्याउने बाहेक । आफ्नै प्रेम पाउनका खातिर आत्महत्या गर्न समेत पछि नपर्ने युवाको अनेक यत्नले पगाल्न नसकेकी निशा आफ्नो दाजुको एउटै बचनमा हठात् परिवर्तन हुन्छे । अर्कैसँग विवाहको तयारी भइरहँदा भागेर जयलाई अंगाल्न पुग्छे । यसबाट के बुझिन्छ भने जयबाहेक अन्य पात्रको मनोवृत्तिलाई फिल्मले स्थिर र स्वभाविक राख्न सकेको छैन ।

फिल्मले प्रेमको लम्बाई(चौडाई जतिसुकै तन्काएपनि मूल कथा मित्रतामाथि रच्न खोजेको छ । तर, मित्रताको महत्व दर्शउनका लागि केटीको निहुँमा हुने झगडालाई आधार बनाइनेको छ ।

तुलनात्मक रुपमा फिल्मको लम्बाई धेरै होइन । तर, १ घण्टा ४३ मिनेटको फिल्मभित्र पनि थुपै बेकारका दृश्य छन्, जसलाई छाँट्न सकेको भए केही खँदिलो बन्ने थियो ।

फिल्मलाई कथाले होइन, पात्रहरुले डोहोर्‍याएका छन् । पात्रलाई प्रसंगले होइन, संवादले डोहोर्‍याएको छ । त्यही कारण ‘जय भोले’ अब्बल फिल्म बन्नबाट चुकेको छ । अनलाइनखबर डट कम

प्रतिकृया दिनुहोस
SITENAME

आकाशले छाडे ‘वीर विक्रम २’, उनको ठाउँमा पल

आकाशले छाडे ‘वीर विक्रम २’, उनको ठाउँमा पल  कात्तिक २६ गते ।   नायक आकाश श्रेष्ठ चलचित्र ‘वीर विक्रम २’मा फाइनल भइसकेका थिए । चलचित्रको

SITENAME

‘ताप्लेजुङ डान्स स्टार–२’ को उपाधि प्रतिभालाई,२ लाख मुल्यको होण्डा स्कुटर जितिन

‘ताप्लेजुङ डान्स स्टार–२’ को उपाधि प्रतिभालाई,२ लाख मुल्यको होण्डा स्कुटर जितिन रेडियो ताप्लेजुङ ,कार्तिक २५ गते । प्रदेश १ स्तरिय नृत्य

SITENAME

‘ताप्लेजुङ डान्स स्टार–२’ को उपाधि प्रतिभालाई,२ लाख मुल्यको होण्डा स्कुटर जितिन

‘ताप्लेजुङ डान्स स्टार–२’ को उपाधि प्रतिभालाई,२ लाख मुल्यको होण्डा स्कुटर जितिन रेडियो ताप्लेजुङ ,कार्तिक २५ गते । प्रदेश १ स्तरिय नृत्य