ताजा खबर

भारतको अमृतसरमा रेलले ठक्कर दिंदा ६० जनाको मृत्यु, सयभन्दा बढी घाइते

३ कार्तिक । भारतको पञ्जाबस्थित अमृतसरमा ठूलो सडक दुर्घटना भएको छ । पठानकोटदेखि अमृतसर आउँदै गरेको रेलले मानिसहरूको भीडलाई ठक्कर दिंदा कम्तिमा ६० जनाको मृत्यु भएको छ भने एक सय बढी घाइते भएका छन् । अमृतसरको जोडाफाटकमा रेलवे ट्रयाक नजिकै साँझ साढे ६ बजे रावणको पुत्ला दहन गरिरहेको भीड रेलको लिकमा पुगेपछि दुर्घटना भएको हो । स्थानीय पत्रकार रविंदर सिंहलाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएअनुसार रावणको पुत्लामा आगो लगाउने वित्तिकै मञ्चबाट मानिसहरुलाई पछाडि हट्न आग्रह गरिएको थियो । त्यही वेला पछाडिबाट आएको रेलले मानिसहरूको भिडको एउटा ठूलो हिस्सालाई ठक्कर दिएको थियो ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा

  फागुन ४ गते । अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।  मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै

RadioTaplajung

गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा

  फागुन ३ गते । गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० मा

RadioTaplajung

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय

माघ २३ गते । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर(इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल