ताजा खबर

डिएनए परीक्षण र अपराध अनुसन्धान

SITENAME

डिएनए परीक्षण र अपराध अनुसन्धान
आश्विन २४ गते । हरेक प्राणी या वनस्पतिमा आफ्ना निश्चित गुणहरु हुन्छन् र तिनले आफ्नो जस्तै गुण बोकेका सन्ततिहरु उत्पादन गरी बंश परम्परा कायम राख्ने गर्दछन् । यो एउटा प्राकृतिक नियमकै रुपमा व्याप्त छ । यो नियम ठूला प्राणी या वनस्पतिमा मात्र सिमित नभै सुरमुनीदेखि भुसुनासम्म अझ आँखाले नदेखिने सुक्ष्म जीवाणुहरुमा समेत लागू हुन्छ ।

सन १८६६ मा ग्रेगर जोन मेण्डलले सर्वप्रथम वैज्ञानिक परीक्षणद्वारा बंश परम्परा कायम राख्ने जीव विज्ञानको सिद्धान्तको पुष्टि गर्नुपूर्व यो कसैको खोज भन्दा बाहिरको विषय थियो। मेण्डलले केराउका बिरुवाको उचाइ, दानाको रंग, दानाको प्रकार, फूलको रंग जस्ता जातीय गुणहरुको प्रयोगशाला परीक्षणबाट जातीय गुणहरु बाबुआमाबाट सन्ततिमा सर्ने सिद्धान्तको पुष्टि गरे।

थ्बmबजब

यद्यपी के कारणबाट जातीय गुणहरु बाबुआमाबाट सन्ततिमा सर्ने गर्दछ भन्ने कुरामा मेण्डल त्यतिबेला अनविज्ञनै थिए। त्यसै समयको हाराहारीमै ब्रिटिस जीव वैज्ञानिक चार्ल्स डार्विनले जातीय गुणहरु हरेक कोषहरुमा प्याकेटका रुपमा रहने र प्रजननका समय यिनिहरुनै बाबुआमाबाट सन्ततिमा सर्ने तथ्यको पुष्टि गरे। विभिन्न वैज्ञानिकहरुको धेरै दशकको खोज तथा अनुसन्धानको निरन्तरताको प्रतिफल बीसौं शताब्दीको सुरुवातसँगै अमेरिकी वैज्ञानिक वाल्थर फ्लेमिंगबाट एक प्रकारको भुसुना (ड्रोसोफिला)मा क्रोमोजोमको अस्तित्व पत्ता लाग्यो र यिनै क्रोमोजोमहरुमा जातीय गुणहरु निहित हुने रहस्यको पर्दाफास भयो।

सन १९२८ मा ब्रिटिस वैज्ञानिक फ्रेड ग्रिफिथबाट डिएनएको अस्तित्व पत्ता लागेसँगै विभिन्न कालखण्डमा वैज्ञानिकहरुले डिएनएको संरचनाको गहन अध्ययन गरे। १९५३ मा वाट्सन र क्रिकले पत्ता लगाएका दुई समानान्तर तर घुमाउरो (Double stranded, Helical shaped ) आकारको डिएनएको पहिचान यस क्षेत्रको अध्ययनमा कोसेढुंगा सावित भयो। जसका लागि उनीहरुलाई सन् १९६२ मा नोबेल पुरस्कार दिइयो। उनीहरुको अध्ययनबाट पत्ता लागेको डिएनएको आकार तथा संरचनाले वर्तमानसम्ममा धेरै अध्ययन तथा परीक्षण पश्चात विभिन्न उपलब्धिहरु हासिल गरि सकेको छ।

मानव जातिमा पाइने २३ जोर क्रोमोजोममा रहने सम्पूर्ण डिएनएको नाइट्रोजन बेसहरुको सिक्वेन्स गर्ने महत्वकांक्षी कार्य वैज्ञानिकहरुले ह्युमान जिनोम प्रोजेक्टको रुपमा सन १९९० मा सुरु गरी सन २००३ मा पुरा गरिसकेका छन्। अहिले हामी कोषहरुमा रहने न्युक्लियस, न्युक्लियसमा रहने क्रोमोजोम, क्रोमोजोममा रहने डिएनए, डिएनएमा रहने न्युक्लियोटाइड र नाइट्रोजन बेसहरुको सिक्वेन्स, जिनहरुको अध्ययन गर्न सक्ने अवस्थामा आइसकेका छौं।

डिएनए (DNA) को पुरा नाम डिअक्सिराइवो न्युक्लिइक एसिड ९म्भयहथ(Deoxy-ribo Nucleic Acid)  हो। डिएनए न्युक्लियोटाइड अणुहरु मिलेर वनेको हुन्छ। हरेक न्युक्लियोटाइड अणुमा फस्फेट ग्रुप, सुगर ग्रूप र नाइट्रोजन बेसहरु निहित हुन्छन्। डिएनएमा पाइने नाइट्रोजन बेसहरु चार प्रकारका हुन्छन्। एडेनिन (A), थाइमिन (T) , गुआनिन (G) र साइटोसिन (C)। लामो दुई तहगत बेरिएको चेनको रुपमा रहने डिएनएमा फस्फेट ग्रुप र सुगर ग्रूप एकै प्रकारका हुने भएतापनि नाइट्रोजन बेसहरु भने विभिन्न क्रममा दोहोरिने गर्दछन। यहि नाइट्रोजन बेसको दोहोरिने क्रमलाई अंकित गर्नुनै डिएनए सिक्वेन्सिङको प्रमुख उद्देश्य हो।

डिएनए सिक्वेन्सिङस्

मानव जातिमा पाइने सम्पूर्ण डिएनएको लम्बाइ ३ अर्ब बेस पेयर बरावरको हाराहारीमा रहेको पाइन्छ। यसको २ प्रतिशत अर्थात करिव ६ करोड बेस पेयर प्रोटिन कोडिङ जिनको रुपमा काम गर्दछन् भने बाँकि ९८ प्रतिशत डिएनएको लम्बाइ नन्कोडिङ डिएनए सेग्मेन्टको रुपमा मात्र रहेका छन्। हरेक मानवको डिएनएबीच ९९।९ प्रतिशत समानता पाइने गर्दछ।

यसो भन्दैमा सबै उस्तै उस्तै हुन्छ भन्ने हुँदैन। हरेक मानवबीचमा पाइने ०।१ प्रतिशत भिन्नतामा धेरै रहस्यहरु लुकेका हुन्छन्। ३ अर्ब बेस पेयर मध्य ०।१ प्रतिशत भिन्नता भनेको ३० लाख बेस पेयरको भिन्नता हो। जसको सिक्वेन्सिङका माध्यमबाट सजिलै पहिचान गर्न सकिन्छ। यसरी डिएनए सिक्वेन्सिङ गरी पाइएको नतिजालाई विभिन्न प्रयोजनमा उपयोग गर्न सकिन्छ।

सुरुवाति समयमा डिएनए सिक्वेन्सिङ खासगरी जेनिटक डिसअर्डर तथा वंशाणुगत रोगहरुको अध्ययन अनुसन्धान तथा उपचारका लागि गर्ने गरिन्थ्यो। डिएनए सिक्वेन्सिङ नतिजाको उपयोग जीव वनस्पति तथा सुक्ष्म जीवाणुहरुको उत्पत्ति विकास र फैलावटको अध्ययन अनुसन्धान तथा निर्क्यौलका लागि गर्ने गरिन्छ।

क्यान्सर रोग अध्ययन अनुसन्धान तथा उपचारका लागि खासगरी विभिन्न औषधिहरुको प्रयोगबाट ट्युमर फैलावटमा कस्तो प्रभाव पर्दछ भन्ने निर्क्यौलका लागि गर्ने गरिन्छ। विभिन्न भौतिक रासायनिक तथा जैवीक क्रियाकलापले जीव वनस्पति तथा सुक्ष्म जीवाणुहरुमा आउने परिवर्तन अर्थात म्युटेसनको अध्ययन अनुसन्धानका लागि गर्ने गरिन्छ।प्राकृतिक मातापिता तथा प्राकृतिक सन्ततिहरुको पहिचान तथा निर्क्यौल गर्न।

हालका दिनहरुमा डिएनए सिक्वेन्सिङ नतिजाको उपयोग बलात्कार हत्या जस्ता गम्भीर अपराधमा संलग्न अपराधी पहिचानको लागि व्यापक रुपमा प्रयोग हुने गरेको छ।

नमूना संकलन गर्दा ध्यान दिनु पर्ने विषयहरु:

डिएनए सिक्वेन्सिङ केका लागि गरिँदैछ भन्ने कुरामा यसको नमूना संकलनको तरिका तथा गाम्भीर्यतामा निर्भर गर्दछ। माथि उल्लेखित डिएनए सिक्वेन्सिङका विभिन्न प्रयोजन मध्ये बलात्कार हत्या जस्ता गम्भीर अपराधमा संलग्न अपराधी पहिचानको लागि गरिने डिएनए नमूना संकलनको सान्दर्भिकता तथा विषय गाम्भीर्यताका कारण यस विषयमा चर्चा गर्नु समय सापेक्ष ठान्दछु। वारदात स्थानबाट संकलित अपराधीको डिएनए नमूनासँग घटनासँग सम्बन्धित सम्भावित अभियुक्तहरुको डिएनए नमूना तुलना गर्नु पर्ने हुँदा यसमा घटनास्थलबाट गरीने नमूना संकलनको पाटो पेचिलो र महत्वपूर्ण हुन्छ।

अपराधीले अपराध वारदातका समय घटनास्थलमा विभिन्न किसिमका आफ्नो शरीरको डिएनए निहित कोषहरु छोडेको हुन सक्दछ। यो पसिना, रगत, थुक, खकार, बिर्य, दिसा, पिसाव, रौं, नंग, चिथोरिएका कोषिका आदिबाट प्राप्त गर्न सकिने भएकोले यस्ता वस्तुहरुको सुरक्षित रेकी तथा सुरक्षामा नमूना संकलन पूर्व विशेष चनाखो भइ नमूना संकलन गर्नु पर्दछ। अपराधीले आफुले प्रयोग गरेका कपडा अथवा जुत्ता चप्पल अथवा चुरोटका ठुटाहरु छोडेको छ भने त्यसबाट पनि अपराधीको डिएनए नमूना प्राप्त गर्न सकिन्छ।

नमूना संकलकले नमूना संकलनका समय आफ्नो हातमा पन्जा अनुहारमा मास्क र कपाल छोप्ने कभर अनिवार्य लगाउनु पर्दछ। कुनै कारणबस नमूना संकलककै आफ्नो डिएनए अपराधीको नमूना सँग नमिसियोस भन्ने कुरामा सजग हुन पर्दछ। शरीरको कोष नांगो आँखाले देखिँदैन भने हामी त्यो भन्दा हजारौं गुणा सानो वस्तुबारेमा काम गर्दैछौं भन्ने विषयमा हरबार सचेत रहन जरुरी छ। यस्तै सचेतना नमूना विश्लेषणमा सम्बद्ध प्राविधिकबाट पनि प्रस्तुत हुन जरुरी छ। नमूना संकलन तथा विश्लेषणमा सरिक हुने प्राविधिककै नमूना Contamination  भएका धेरै उदाहरणहरु पाइन्छन्।

गम्भीर प्रकृतिका अपराधसँग सम्बन्धित नमूना संकलन गर्दा अनुसन्धान अधिकारी अथवा नमूना संकलन अधिकारीले निर्दिष्ट कार्यविधि अनुसरण गर्नुपर्ने हुन्छ। घटनास्थल सुरक्षा र सोको मुचुल्का, नमूना संकलन मुचुल्का, संकलित नमूनाको ३ वटा शिलबन्दी प्रति तयार गरी एक प्रति भविष्यका लागि सुरक्षित संरक्षण तथा बाँकी दुई प्रति दुई भिन्नाभिन्नै प्रयोगशाला विश्लेषणका लागि पठाउने व्यवस्था गर्नु पर्दछ। विविध कारणबस प्रयोगशाला विश्लेषणका लागि पठाइएका नमूनाहरु नष्ट भएको खण्डमा भविष्यका लागि सुरक्षित संरक्षण गरिएको नमूनाको उपयोग गर्न सकिने हुन्छ।

प्रयोगशालामा के गरिन्छ

प्रयोगशालामा नमूना प्राप्त भएपछि सर्वप्रथम नमूनाबाट डिएनए आइसोलेसन गरिन्छ। यसरी डिएनए आइसोलेसन गर्दा एक व्यक्तिको मात्र डिएनए आइसोलेसन पनि हुन सक्दछ। अथवा सामुहिक बलात्कारको केसमा संकलित भेजाइनल स्वाबमा जस्तो एकभन्दा बढी व्यक्तिको डिएनए आइसोलेसन पनि हुन सक्दछ।

आइसोलेसन गरिएको डिएनए लाई प्रोसेसिङ गरिन्छ। यसमा दुई वा दुई भन्दा बढी व्यक्तिको डिएनए मिश्रण भएको तथा कन्टामिनेसन भएको छ भने छुट्ट्याउने काम गरिन्छ।

प्रोसेसिंग गरिएको डिएनएको निस्चित भागलाई डिएनए सिक्वेन्सिङ मेसिनबाट रिड गरिन्छ। अमेरिकामा कानुनी रुपमानै फरेन्सिक प्रयोजनका लागि रिड गरिने डिएनएको भाग लाई निर्दिष्ट गरिएको छ। जसलाई कोडिस २० पनि भनिन्छ। यसमा २० वटा Short Tandem Repeats (STRs) डिएनए फिंगरप्रिन्टहरुको अध्ययन गरिन्छ। विभिन्न देशका फरेन्सिक प्रयोगशालाहरुले तथा इन्टरपोलले समेत यहि पद्दतिको अनुशरण गर्ने गर्दछ। अष्ट्रेलियामा १८ वटा भागको डिएनए फिंगरप्रिन्ट अध्ययन गर्नु पर्ने कानुनी व्यवस्था छ भने बेलायतमा १७ वटा यस्ता भागहरुको डिएनए फिंगरप्रिन्ट अध्ययन गर्नु पर्ने कानुनी व्यवस्था छ। सिद्धान्ततः जति धेरै STRs  हरुको फिंगरप्रिन्ट अध्ययन ̷ तुलना गरिन्छ त्यत्त्तिनै विश्वासिलो नतिजा प्राप्त गर्न सकिन्छ। नेपालमा भने विधिविज्ञान प्रयोगशालामा डिएनए फिंगरप्रिन्ट परीक्षणमा यही विधि प्रयोग गर्नुपर्छ भन्ने निर्दिष्ट कानुनी व्यवस्थाको अभाव रहेको छ।

आएको नतिजालाई कम्पारिजन तथा इन्टरप्रिटेसन गरिन्छ। यस प्रक्रियालाई सहजिकरणका लागि विभिन्न सफ्टवेयरका समेत विकास भएका छन्। जसको मद्दतबाट प्राप्त नतिजालाई सजिलैसँग तुलना गर्न र मिले नमिलेको हेर्न र इन्टरप्रिटेसन गर्न सकिन्छ।

नेपालमा डिएनए परीक्षणको अवस्था

नेपालमा हाल दुई वटा विधि विज्ञान प्रयोगशालाहरु अस्तित्वमा छन। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको खुमलटार स्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरी अपराध अनुसन्धान विभागको महाराजगन्जस्थित केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला। यी दुवै प्रयोगशालाहरुमा डिएनए फिंगरप्रिन्टिङ सेवाहरु उपलब्ध त छन्। तर अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान गर्न अत्याधुनिक मेसिन उपकरणको उपलब्धता तथा उपलब्ध प्राविधिक कर्मचारीहरुको प्राविधिक ज्ञान सीपको स्तर वृद्धिमा दुवै प्रयोगशालाहरुले निक्कै मेहनत गर्नु पर्ने अवस्था देखिन्छ। राज्यले पनि कानूनी राजको अवस्था सिर्जना गर्न तथा अपराधी पहिचानमा कोसेढुंगाको काम गर्ने डिएनए परीक्षण क्षेत्रमा लगानी गर्न ढिला गर्नु हुँदैन।

अन्तमा

विकसित मुलुकहरुमा डिएनए परीक्षणको गुणस्तर वृद्धिमा प्रतिस्पर्धा भइरहेको पाइन्छ। हाम्रो देशमा पनि बढ्दो बलात्कार तथा हत्याका घटनासँगै डिएनए परीक्षणको विषयमा सर्वसाधारण जनताको चासो बढेको छ। कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार तथा हत्याको घटनाको अपराधी अझै पत्ता लाग्न सकिरहेको छैन। डिएनए परीक्षणलाई अपराधी पहिचानको अचुक अस्त्र त मानिन्छ तर यसका पनि विभिन्न सकारात्मक र नकारात्मक पाटोहरु छन्। प्रयोगशाला परीक्षणबारे एउटा विश्वव्यापी मान्यता छ। त्यो के हो भने प्रयोगशाला विश्लेषण जत्तिनै विश्वासिलो तरिकाले गरिएको किन नहोस् यदि नमूना सही ढंगले संकलित गरिएको छैन भने त्यो निस्प्रभावी हुन्छ।   लेखक डा.चन्द्रप्रसाद रिसाल । ई कान्तिपुर

प्रतिकृया दिनुहोस
SITENAME

नेकपा छ, र छैन पनि !

नेकपा छ, र छैन पनि ! मंसिर १५ गते । अहिले नेकपाको सरकार छ, तर नेकपा भन्ने दलचाहिँ कहीं–कतै हराएजस्तो अवस्थामा छ । अघिल्लो वर्षको निर्वाचनमा वाम

SITENAME

जाडोमा दमको जोखिम

जाडोमा दमको जोखिम मंसिर ११ गते ।  नेपालमा दमका बिरामीको संख्या बढ्दो छ । तुलनात्मक रूपमा जाडो मौसममा दमका बिरामी अत्यधिक बढिरहेका छन् । दम धेरै

SITENAME

दण्डहीनतालाई प्रश्रय

दण्डहीनतालाई प्रश्रय मंसिर ६ गते । सरकार र तत्कालीन नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुरा भएको छ । १२ वर्षमा के भयो ? के भएन ?