नोबल शान्ति पुरस्कार विजेताको कथा:बन्धक बनाएर तीन महिना सामूहिक बलात्कार

SITENAME

नोबल शान्ति पुरस्कार विजेताको कथा:बन्धक बनाएर तीन महिना सामूहिक बलात्कार
असोज २० गते । यस वर्षको नोबेल शान्ति पुरस्कार कंगोकी महिला रोग विशेषज्ञ डेनिस मुकवेगे र महिला अधिकारकर्मी नदिया मुरादलाई दिइएलगत्तै उनीहरुका बारेमा विश्वव्यापी चासो बढेको छ । दुईमध्ये २५ वर्षीया नादियाको कथा दर्दनाक छ ।

नादिया बलात्कार पीडित हुन्, जो अहिले बलत्कारविरोधी अभियन्ता बनेकी छन् । उनलाई २०१४ मा इस्लामिक स्टेटले अपहरण गरेको थियो र तीन महिनासम्म बन्धक बनाएर सामुहिक बलात्कार गरेको थियो । नदिया यसरी सुनाउँछिन् आफ्नो कथा स्

इस्लामिक स्टेटका चरमपन्थीहरु आउनुअगाडि म आफ्नो आमा र भाइबहिनीसँग उत्तरी इराकको सिन्जा नजिकै कोचू गाउँमा बस्थेँ । हाम्रो गाउँमा धेरै मानिस खेतीमा निर्भर छन् । म त्यसबेला ६ कक्षामा पढ्थेँ । गाउँमा करिव १७०० मानिसहरु बस्थे र सबै शान्तिपूर्वक नै बसेका थिए । आईएसले सिन्जा वा हाम्रो गाउँमा आक्रमण गर्ने पूर्वचेतावनी पनि दिएको थिएन ।

३ अगष्ट २०१४ मा जब आईएसले याजिदीहरुमाथि आक्रमण गरे, केही मानिस सिन्जातिर भागे । तर, हाम्रो गाउँ धेरै टाढा थियो । हामी भागेर कहिँ जान सक्दैनथ्यौं । हामीलाई ३ देखि १५ अगष्टसम्म बन्धक बनाएर राखे ।

तीन हजारभन्दा धेरै मानिसको हत्या भएको र ५ हजार महिला तथा बालबालिकालाई कब्जामा लिएको खबर आउन थालेको थियो ।त्यसबेलासम्म हामीलाई वास्तविकता थाहा भइसकेको थियो ।

त्यही क्रममा चरमपन्थी आए र हामीलाई कब्जामा लिए । हामी केही गर्न सक्ने अवस्थामा थिएनौं । पुरै घेरिएका थियौं । हामीलाई तीन दिनभित्र धर्म परिर्वतन गर्न चेतावनी दिइयो ।

१५ अगष्टमा म आफ्नो परिवारसँग थिएँ । हामी निकै डराएका थियौं किनकी हाम्रो अगाडि जे भइरहेको थियो, त्यसलाई लिएर हामी भयभीत थियौं । त्यो दिन आईएसका करिव १ हजार लडाकू हाम्रो गाउँमा प्रवेश गरे । उनीहरुले हामीलाई स्कुलमा लगे । स्कुलका दुई भवन थिए ।

पहिलोमा पुरुषहरुलाई राखे भने दोस्रोमा महिला र बालबच्चालाई राखेर हामीसँग भएको सबै खोसे । मोबाइल, पर्स, पैसा सबैथोक । त्यसपछि उनीहरुका नेता ठूलो स्वरले कराए( जो इस्लाम धर्म स्वीकार गर्छन्, कोठा छाडेर जानू ।

हामीलाई थाहा थियो कि जो बाहिर जान्छ, उ मारिन्छ । किनकी उनीहरु याजिदीबाट इस्लाम स्वीकार गर्ने असली मुसलमान हुन् भन्ने मान्दैनन् । पहिले इस्लाम कबुल गराउने र त्यसपछि मार्ने उनीहरुको नियत प्रष्ट थियो । तर, महिला भएको नाताले हामीलाई मादैनन् र अरु काममा लगाउँछन् भन्ने पनि लागेको थियो ।

पुरुषहरुलाई स्कुल बाहिर लगिँदै गर्दा अब के हुन्छ भन्ने कसैलाई थाहा थिएन । एक्कासी गोली चलेको आवाज आयो । त्यहाँ मेरो भाइ र अरु मारिएका थिए । उनीहरुले को बच्चा हुन्, को जवान र को बुढा हुन् हेरेका थिएनन् । हामीले देख्यौं कि पुरुषहरुलाई गाउँ बाहिर लगिँदै थियो । लडाकूले एक जनालाई स्कुलमा छाडे । उनले बताएअनुसार कसैलाई पनि छाडिएन, सबैलाई मारियो ।

उनीहरुलाई मारेपछि हामीलाई अर्को गाउँमा लगियो । त्यसबेलासम्म रात परिसकेको थियो । हामीलाई त्यहाँ पनि स्कुलमा राखियोे । हामीलाई तीन समूहमा बाँडियो । पहिलो समूहमा तन्नेरी महिलाहरु थिए, दोस्रोमा बच्चा र बाँकी तेस्रो समूहमा ।
यो पनि पढ्नुहोस यौन हिंसाविरोधी अभियन्तालाई नोबल शान्ति पुरस्कार

हरेक समूहका लागि अलग योजना थियो । बच्चालाई प्रशिक्षण शिविरमा लगियो । विवाहका लागि अयोग्य महिलाहरुको हत्या भयो । उनीहरुमा मेरी आमा पनि थिइन् ।

राति हामीलाई मोसुल लिएर गए । हामीलाई अर्को शहरमा लैजाने मानिसहरु तिनै थिए, जसले मेरो भाइ र आमालाई मारेका थिए । उनीहरुले हाम्रो उत्पीडन र बलात्कार गरिरहेका थिए । म केही सोच्नसक्ने स्थितिमा थिइनँ ।

उनीहरुले हामीलाई मोसुलको इस्लामिक अदालतमा लगे, जहाँ हरेक महिलाको तस्वीर लिइयो । म त्यहाँ महिलाहरुको हजारौं तस्वीर देख्न सक्थेँ । हरेक तस्वीरको साथमा एक फोन नम्बर हुन्थ्यो । यो फोन नम्बर त्यो लडाकूको हुन्थ्यो, जो त्यसका लागि जिम्मेवार हुन्थे ।

सबै स्थानमा आईएस लडाकू इस्लामिक अदालत आउँथे र तस्वीरहरु हेरेर आफ्नो लागि युवती छान्थे । युवती छानेपछि लडाकूहरु उनीहरुसँग मोलतोल गर्थे, जसले ती युवतीहरु ल्याएका हुन्थे । उसले चाहे किन्न, भाडामा दिन वा आफ्नो कुनै चिनजानको मानिसलाई उपहारमा दिन सक्थ्यो ।

पहिलो रात हामीलाई लडाकुको साथमा पठाइयो । मलाई मन पराउने लडाकू धेरै मोटो थियो । म भने उसलाई घृणा गर्थेँ । जब हामी सेन्टरमा गयौं, मैले जान्न भनेर अड्डी कसेँ, तर मेरो कुरा उसले सुनेन ।

मुस्लिम परिवारको आश्रय

एक हप्तापछि मैले भाग्ने कोशिस गरेँ । उनीहरुले मलाई अदालतमा लगे र सजायका रुपमा ६ सुरक्षा गार्डले बलात्कार गरे । तीन महिनासम्म मेरो यौन उत्पीडन भइरहृयो ।

यो इलाकामा चारैतिर आईएस लडाकू फैलिएका थिए । तीन महिनासम्म मैले भाग्ने मौका पाइनँ । एकपटक म एक पुरुषको साथमा थिएँ । उ मेरा लागि केही कपडा किनिदिन चाहन्थ्यो । उसको उद्देश्य मलाई बेचिदिने थियो ।

जब उ पसलमा गयो, म घरमा एक्दै थिएँ र त्यहाँबाट भागेँ । म मोसुलको गल्लीहरुमा भागिरहेकी थिएँ । मैले एक मुस्लिम परिवारको ढोका ढक्ढक्याएँ र उनीहरुलाई आफ्नो दुःख पीडा बताएँ । उनीहरुले कुर्दिस्तानको सीमासम्म पुर्‍याउन सहयोग गरे ।

शरणार्थी शिविरमा कसैले मलाई दुःख(पीडा सोधेनन् । ममाथि के भयो र त्यहाँ महिलाहरुमाथि के भइरहेको छ भनेर म दुनियाँलाई बताउन चाहन्थें । मसँग पासपोर्ट थिएन, नागरिकता पनि थिएन । म आफ्नो कागजपत्र पाउन कैयौं महिनासम्म इराकमा बसिरहेँ ।

त्यही समय जर्मन सरकारले त्यहाँका १ हजार मानिसहरुलाई सहयोग गर्ने निर्णय गर्‍यो । म त्यसभित्र परेँ ।

आफ्नो उपचार गराउने क्रममा एक संगठनले मलाई संयुक्त राष्ट्रसंघमा गएर आफ्नो दुःख पीडा सुनाउन भन्यो । म यो कहानी सुनाउन विश्वको कुनै पनि देशमा जान तयार छु ।

९बीबीसी हिन्दीबाट०

 

प्रतिकृया दिनुहोस
SITENAME

क्राइमियाको एक क्याम्पसमा विद्यार्थीबाटै अन्धाधुन्ध गोली प्रहार, १९ जनाको मृत्यु

१ कार्तिक । रुसले आफूमा विलय गराएको युक्रेनको स्वायत्त क्षेत्र क्राइमियास्थित एक क्याम्पसका अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तिमा १९ जनाको मृत्यु

SITENAME

यौन उत्पीडनको आरोप लागेपछि भारतीय विदेश राज्यमन्त्रीले दिए राजीनामा

यौन उत्पीडनको आरोप लागेपछि भारतीय विदेश राज्यमन्त्रीले दिए राजीनामा  असोज २८ गते । कैयौँ महिला पत्रकारहरुले यौन उत्पीडनको आरोप झेलिरहेका भारतका

SITENAME

बंगलादेशमा १९ जनालाई फाँसी

बंगलादेशमा १९ जनालाई फाँसी असोज २५ गते । बंगलादेशको एक अदालतले ग्रीनेड आक्रमणमा दोषी ठहर गर्दै १९ जनालाई फाँसीको सजाय सुनाइएको छ । सन् २००४ मा