को हुन: ‘बाहुबली’ प्रभाससँग विवाह गर्ने भनिएकी निहारिका ?

SITENAME

को हुन: ‘बाहुबली’ प्रभाससँग विवाह गर्ने भनिएकी निहारिका ?

   चैत २८ गते । एसएस राजमौलीको ‘बाहुबली’ सिरीजको दुईटै चलचित्रले दक्षिण भारतीय चलचित्रका टलिउड स्टार प्रभासलाई ग्लोबल आइकन बनायो । ३८ वर्षीय प्रभास भारतमा टप ब्याचलरको सूचिमा गनिन्छन् ।

‘बाहुबली’ चलचित्रको सुटिङमा व्यस्त भएका कारण उनले गएका पाँच वर्षमा विवाहको लागि आएका झण्डै ६ हजार प्रस्तावहरु स्वीकारेनन् । तर सुटिङ सकिएपछि उनको विवाहको तयारी भइरहेको खबर बाहिर आएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार प्रभास टलिउड सुपरस्टार चिरञ्जीवीकी भतिजी निहारिका कोनिडेलासँग विवाह गर्ने तयारीमा छन् । तर चिरञ्जीवीले यो खबर सत्य नभएको बताएका छन् ।
को हुन् निहारिका रु

२४ वर्षीया निहारिका पेशाले नायिका र चलचित्र निर्मात्री हुन् । उनी चलचित्र निर्माता नागेन्द्र बाबु कि छोरी तथा चिरञ्जीवीकी भतिजी हुन् । उनले चलचित्र क्षेत्रमा सन् २०१६ मा दक्षिण भारतीय चलचित्र ‘ओका मानुसु’बाट डेब्यू गरेकी थिइन् । धेरै चलचित्रमा लगानी पनि गरेकी छिन् ।  
चिरञ्जीवीले विवाहको बारेमा यसरी खण्डन गरे

प्रभास र निहारिकामा १४ वर्षको फरक छ । यिनीहरुको विवाहको खबर फैलिन समय नै लागेन । यो विषयलाई खण्डन गर्दै चिरंजिवीले एक अफिशियल स्टेटमेन्ट जारी गर्दै भने ‘निहारिका अहिले आफ्नो भविष्यमा ध्यान दिइरहेकी छिन् । विवाहको विषयमा अहिले परिवारले पनि सोचिरहेको छैन ।’
अमिताभ बच्चनसँग देखिँदैछिन् निहारिका

निहारिका अहिले उनको आउँदै गरेको चलचित्र ‘ह्याप्पी वेडिङ’ को सुटिङमा व्यस्त छिन् । जुन चलचित्रमा बलिउड अभिनेता अमिताभ बच्चन र अभिनेत्री नयनतारा मुख्य भूमिकामा देखिँदैछन् । यस चलचित्रका लेखक तथा निर्देशक लक्ष्मण कार्या हुन् ।
स्रोतः उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
SITENAME

करोडमा बिक्यो चलचित्र ‘छक्का पञ्जा ३’ को ओभरसिज राइट्स

करोडमा बिक्यो चलचित्र ‘छक्का पञ्जा ३’ को ओभरसिज राइट्स असोज १ गते । नेपाली चलचित्र क्षेत्रमा त्यस्ता धेरै उदाहरणहरु छन्, चलचित्र निर्माण हुन्छ र

SITENAME

सलोन बस्नेतलाई ‘ए मेरो हजुर ३’ फाप्ला त ?

सलोन बस्नेतलाई ‘ए मेरो हजुर ३’ फाप्ला त ?  भदौ ३० गते । केही समय अघि मात्र चलचित्र ‘ए मेरो हजुर ३’ को शुभमुहूर्त गरिएको थियो । पोखराको

SITENAME

भुवनकी पूर्वपत्नीले गरिन् टिकाटालो, भुवन र अनमोलको पनि सहमति

भुवनकी पूर्वपत्नीले गरिन् टिकाटालो, भुवन र अनमोलको पनि सहमति  भदौ २९ गते । सुपरस्टार अभिनेता भुवन केसीकी पूर्वपत्नी एवं स्टार नायक अनमोल केसीकी आमा