ताजा खबर

शहर कब्जा गर्न आएका आतंककारीले गरे १४ सुरक्षाकर्मीको हत्या

RadioTaplajung

शहर कब्जा गर्न आएका आतंककारीले गरे १४ सुरक्षाकर्मीको हत्या
 साउन २५ गते । पूर्वी अफगानिस्तानको घाज्नी प्रान्तको प्रान्तीय राजधानी घाज्नीलाई कब्जा गर्ने उद्देश्यले शुक्रबार राति आक्रमणको योजना बनाउन भेला भएका तालिवान आतङ्ककारी समूहले बिहीबार राति कम्तीका १४ सुरक्षाकर्मीको हत्या गरेका छन् ।

आक्रमणमा परि कम्तीमा २० सुरक्षाकर्मी घाइते भएका घाज्नी अस्पतालका प्रशासक बाज मोहम्मद हेमटले बताउनुभयो ।

प्रहरी प्रमुख फरिद अहमद मसालका अनुसार दोहोरो भिडन्तका कारण कतिपय पसलहरुमा आगजनी भएको भएको छ ।

तालिबान आतङ्ककारी समूहले बिहीबार अबेर रातिबाट घाज्नी सहरका विभिन्न इलाकामा रहेका सैनिक जाँच चौकीलगायत शहरमा आक्रमण गरेका प्रहरी पमुख फारिद अहमद मसालले एएफपी समाचार समितिलाई बताउनु भएको छ ।

बिहीबार राति नै अफगानिस्तानको पश्चिम भागमा पर्ने हेरात प्रान्तको ओबे जिल्लामा तालिबानले गरेको अर्को आक्रमणमा परी छ प्रहरी अधिकारी मारिएका त्यस प्रान्तमा गभर्नरका प्रवक्ता गेलानी फर्हादले जानकारी दिनुभयो । स्रोतःएजेन्सी

प्रतिकृया दिनुहोस
RadioTaplajung

अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा

  फागुन ४ गते । अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।  मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै

RadioTaplajung

गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा

  फागुन ३ गते । गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० मा

RadioTaplajung

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय

माघ २३ गते । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर(इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल