ताजा खबर

आजबाट सुरु भयो पुर्बाञ्चलकै सर्बाधिक पुरस्कार राशिको ताप्लेजुङ डान्स सिजन २

SITENAME

सञ्चारकर्मी मदन पौडेल बेपक्ता भएपछि ओझेलमा परेको ताप्लेजुङ डान्स स्टार सुरु हुनेभएको छ । त्यसैलाई प्रथम मानी सिजन २ सुरु हुनलागेको हो । प्रथमहुनेकालागी २ लाख रुपैंयाको स्कुटी द्धितियकालागी ल्यापटप र तृतीयकालागी  मोवाइल सेट लगायतको पुरस्कार राशी रहेको प्रतियोगीताको पहिलो अडिसन भोली सुरु हुँदैछ । आयोजकले यो प्रदेश नम्वर १ को अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशि भएको दावी गरेका छन ।

दोखु युवाक्लवको आयोजनामा हुने प्रतियोगीता खुला भएकाले जुनसुकै जिल्लावाट सहभागी हुनसक्ने आयोजकले वताएका छन । आयोजक समितिका अशोक आङवोहाङका अनुसार पहिलो अडिसन ताप्लेजुङ, पाँचथर र तेह्थुम तीन जिल्लामा हुनेछ । ताप्लेजुङका फक्तालुङ गाउपालिकाको सिंवा वजार, मिक्वाखोलाको साँवा, मेरिङदेनको जालपा, मैवाखोलाको साँघु, आठराई त्रीवेणीको हाङपाङ र सिरिजंगाको खाम्दिङगे वजारमा हुनेछ ।

यस्तै पाथीभरा याङवरकको पुर्नेडाँडा, पाँचथरको फिदिम, तेह्थुमको सक्रान्ति वजार र छुटेकाहरुकालागी सदरमुकाम फुङलिङमा अन्तिम प्रतिष्पर्धा गराईने छ । तेश्रो चरणपछि फाइनल ग्राण्ड फिनालियोमा पुग्ने प्रतीयोगीताको पहिलो चरण भदौ १२ गते सकिने छ । त्यहावाट छनौट भएकाहरुको प्रतिस्पर्धा स्थान पुनः तोकिने आयोजकले वताएका छन । गाउमाहुने प्रतिष्पर्धाको छनौटकालागी निर्णायक मण्डल सदरमुकामवाटै लगीने छ । पहिलो चरणको छनौटको निर्णय ताप्लेजुङका कोपीला नेपाली र निरोज ठाकुरले गर्नेछन । टप १२ देखिभने एसएमएस भोटिङ वाट निर्णय गराइने आयोजकले वताएका छन ।

यस्को ग्राण्ड फिनालियो भने दिपावलीको अवसर पारेर गरिने भएको छ । यस्को पहिलो सिजन २०६९ सालमा भएको थीयो । पहिलो स्टार याङगी शेर्पा भएकी थिइन । त्यसैको छनौटकालागी गएका सञ्चारकर्मी मदन पौडेल वेपक्ता भएका थीए ।
 

प्रतिकृया दिनुहोस
SITENAME

न्युयोर्कमा स्रष्टा सम्झना तथा सम्मान साँझ सम्पन्न

पुष्कर बराल  - न्युयोर्क,नेपाली अमेरिकन कलाकार संघले डिसेम्बर ८ मा पहिलोपटक नेपालका महान श्रष्टा तथा सर्जकहरुको सम्मानका लागि विशेष सांगितिक

SITENAME

अपारदर्शी मिस वर्ल्ड, श्रृंखलामाथि ‘अन्याय’ !

  मंसिर २३ गते । मेक्सिकोकी सुन्दरी भानेसा पोन्स डे लियोनलाई ताज पहिर्‍याउँँदै चीनमा मिस वर्ल्ड २०१८ प्रतियोगिता शनिबार पटाक्षेप भयो । नेपालकी

SITENAME

सकियो शृङ्खलाको मिस वर्ल्ड बन्ने सपना शृङ्खला मिस वर्ल्डको टप १२ बाटै आउट

रेडियो ताप्लेजुङ-मिस नेपाल शृङ्खला खतिवडा मिस वर्ल्डको यात्रा शीर्ष १२ मा नै टुंगिएको छ । चीनको सान्यामा जारी मिस वर्ल्डको फाइनलमा टप १२ मा पुग्न सफल