ताजा खबर

सलमान खानका ज्वाईँको फिल्म ‘लवरात्री’ को ट्रेलर सार्वजनिक

RadioTaplajung

सलमान खानका ज्वाईँको फिल्म ‘लवरात्री’ को ट्रेलर सार्वजनिक
 साउन २१ गते । सलमान खानकी बहिनी अरपिता खानका श्रीमान आयुष शर्माको बहुप्रतिक्षित फिल्म ‘लवरात्री’को ट्रेलर सार्वजनिक भएको छ । सलमान खानद्वारा निर्मित यस फिल्ममा उनका ज्वाईँ आयुष शर्मा र फिल्मकी अभिनेत्री वरीना हुसेन पहिलो पटक बलिउड फिल्ममा डेब्यू गर्दैछन ।

वरीना हुसेनले न्युयोर्क फिल्म ऐकडेमीबाट फिल्मसम्बन्धी आफ्नो पढाई पूरा गरी केही विज्ञापनहरुमा समेत काम गरी सकेकी छन् । अर्को रोचक कुरा यो पनि छ कि यस फिल्मका निर्देशक अभिराज मिनवाला पनि यसै फिल्मबाट निर्देशनमा डेब्यू गरिरहेका छन् ।
 
यसपूर्व फिल्म ‘लवरात्री’को टिजर सार्वजनिक भएको थियो । आज सार्वजनिक भएको ट्रेलर सार्वजनिक हुनेबित्तिकै सामाजिक सञ्जालहरुमा ट्रेन्डिङ भैसकेको छ ।

खास गरी सलमानका दुवै भाइ अरबाज र सोहेल फिल्महरुमा अपेक्षित रुपमा चलेनन् । उनीहरुलाई सलमानको छाँयामा परेकाले अभिनयमा नजमेको मानिन्छ । उनका ज्वाईँको अभिनय कौशल हेर्नका लागि मनिसहरु बढी आतुर भएको देखिन्छ । फिल्म ‘लवरात्री’मा आयुष र वरीनाका अलावा राम कपूर र रोनित रोय समेत मुख्य भूमिकामा रहेका छन् ।

फिल्ममा मुख्य कलाकारहरुको जोडी निकै फ्रेश देखिए पनि ट्रेलर हेर्दा फिल्म क्लासिक लब स्टोरी जस्तो लाग्छ, जसमा केटीको बुवा भिलेन र प्रेमिका पाउन एक युवकको बीचको संघर्ष देखाइएको छ । यो फिल्म २०१८ को अक्टोबर ५ मा नवरात्रीको अवसरमा प्रर्दशन हुनेछ । स्रोतःअनलाइनखबर डट कम

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण