ताजा खबर

अमेरिकामा ‘मेरो भ्वाइस कप’ र ‘मेरो डान्स कप’को ग्रान्ड फिनाले हुँदै

SITENAME

अमेरिकामा ‘मेरो भ्वाइस कप’ र ‘मेरो डान्स कप’को ग्रान्ड फिनाले हुँदै
साउन १९ गते । अमेरिकाको ओहोयास्थिति एक्रोनमा भइरहेको ‘मेरो डान्स कप यूएस २०१८’ र ‘मेरो भ्वाइस कप २०१८’ अन्तिम चरणमा पुगेको छ । भोलि ४ अगष्टमा दुवै प्रतियोगिताको ग्रान्ड फिनाले आयोजना हुनेछन् ।

यी दुवै प्रतियोगितामा अमेरिकामा बस्दै आएका नेपाली भाषी भुटानी तथा नेपाली युवा(युवतीहरुले भाग लिएका छन् । ‘मेरो डान्स कप’ को यो तेस्रो सिजन हो भने ‘मेरो भ्वाइस कप’ को पहिलो सिजन हो । यी दुवै प्रतियोगिता गत मार्चमा सुरु भएका थिए । मेरो भ्वाइस कपमा ७० जनाले प्रतिस्पर्धा गरेकोमा विभिन्न चरणमा छनोट हुँदै अहिले टप ४ बीच अन्तिम प्रतिस्पर्धा हुँदैछ ।

आयोजकका अनुसार एउटै टिकटबाट दुवै प्रतियोगिताको फाइनल हेर्न पाइन्छ । भीआईपी टिकटको मूल्य ५० डलर र सामान्य टिकटको मूल्य ३० डलर तोकिएको छ । प्रतियोगिताका विजेताले ३ हजार डलर क्यास र करिव १० तोलाको सुनको कप पाउनेछन् ।

यस्तै अमेरिकामा छोटो समयमा चर्चित बनेको ‘मेरो डान्स कप’ को ग्रान्ड फिनालेमा पनि ४ जनाले प्रतिस्पर्धा गर्नेछन् ।  यो प्रतियोगिता २०१६ देखि लगातार आयोजना भइरहेको छ । सन् २०१६ को प्रतियोगितामा जर्जिया एटलान्टामा बस्ने पूर्णी गुरुङ प्रथम भएकी थिइन् भने २०१७ मा नर्थ डकोटामा बस्ने मनिता सिंजालीले उपाधि जितेकी थिइन् । कार्यक्रममा लाइभ ब्याण्डको प्रयोग गरिने छ ।

यी दुवै प्रतियोगिता अमेरिकामा रहेका नेपालीभाषी भुटानीहरुले आफ्नो भाषा तथा संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेका हुन् । इन्ट्रा नेसनल होम केयर ९एलएलसी० का सीईओ डिल्ली अधिकारीले कार्यक्रमको मूख्य प्रायोजन गरेका छन् ।

मेरो भ्वाइस कपको ग्रान्ड फिनालेका निर्णायक रामकृष्ण ढकाल, रिमा गुरुङ होडा, अर्जुन रसाइली रहेकाछन् । त्यसैगरी मेरो डान्स कपका निर्णायक दिलिप रायमाझी, केकी अधिकारी, नन्दिता केसी, डीभी गरूङ रहेकाछन् । कार्यक्रमको संचालन भने रिमा विश्वकर्माले गर्ने छिन् । कार्यक्रमको शोभा बढाउन नायक राजेश हमाल, गायक सत्य – स्वरूपराज आचार्य, बाबु बोगटी, गायिका इन्दिरा जोशी, भुटनिज कम्युनिटिका सम्मानित गायक प्रताप सुब्बा पनि पुगेका छन् ।

यति धेरै नेपाली कलाकार सहभागी भएको सम्भवत यो पहिलो कार्यक्रम भएको दावी गरिएको छ । कार्यक्रममा करिव ५ हजारको सहभागिता हुने अपेक्षा छ । सम्पूर्ण तयारी पुरा भएको कार्यक्रमका संयोजक रूद्र बानियाँले जानकारी दिएका छन् । मेरो डान्स कप  र मेरो भ्वाइस कप  दुबै कार्यक्रमको निर्माण एजे स्टुडियोले गरेको हो ।
स्रोतःअनलाइनखबर डट कम

प्रतिकृया दिनुहोस
SITENAME

न्युयोर्कमा स्रष्टा सम्झना तथा सम्मान साँझ सम्पन्न

पुष्कर बराल  - न्युयोर्क,नेपाली अमेरिकन कलाकार संघले डिसेम्बर ८ मा पहिलोपटक नेपालका महान श्रष्टा तथा सर्जकहरुको सम्मानका लागि विशेष सांगितिक

SITENAME

अपारदर्शी मिस वर्ल्ड, श्रृंखलामाथि ‘अन्याय’ !

  मंसिर २३ गते । मेक्सिकोकी सुन्दरी भानेसा पोन्स डे लियोनलाई ताज पहिर्‍याउँँदै चीनमा मिस वर्ल्ड २०१८ प्रतियोगिता शनिबार पटाक्षेप भयो । नेपालकी

SITENAME

सकियो शृङ्खलाको मिस वर्ल्ड बन्ने सपना शृङ्खला मिस वर्ल्डको टप १२ बाटै आउट

रेडियो ताप्लेजुङ-मिस नेपाल शृङ्खला खतिवडा मिस वर्ल्डको यात्रा शीर्ष १२ मा नै टुंगिएको छ । चीनको सान्यामा जारी मिस वर्ल्डको फाइनलमा टप १२ मा पुग्न सफल