ताजा खबर

भारतीय प्रधानमन्त्री मोदीले गरे ४ वर्षमा ८४ देशको भ्रमण, भयो १४ सय ८४ करोड खर्च

RadioTaplajung

भारतीय प्रधानमन्त्री मोदीले गरे ४ वर्षमा ८४ देशको भ्रमण, भयो १४ सय ८४ करोड खर्च
 साउन ५ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जुन २०१४ मा भारतको प्रधानमन्त्री बने । त्यसपछि उनले कति देशको भ्रमण गरे होलान् रु उनको विदेश भ्रमणमा कति खर्च भयो होला ? प्रधानमन्त्री भएपछि तीन पटक त उनी नेपालकै मात्र भ्रमण गरे ।

भारतीय प्रधानमन्त्री मोदीको  चार वर्षमा विभिन्न विदेशयात्राका क्रममा एक हजार चार सय ८४ करोड रुपैयाँ खर्च भएको छ । यसमा चार्टड विमान, विमान पार्किङ तथा अन्य सुविधाहरु रहेका छन् । बिहीबार भारतीय राज्यसभामा जनरल सेवानिवृत्त बीके सिंहले यसबारेमा जानकारी दिएका हुन् ।

बिजनेस टुडेका अनुसार प्रधानमन्त्री मोदीको विदेश भ्रमणका क्रममा एक हजार ८८ करोड त विमान पार्किङमा मात्रै खर्च भएको जनाइएको छ । साथै १५ जुन २०१४ देखि १० जुन २०१८ सम्म गरिएका विभिन्न विदेश भ्रमणमा चार्टड उडानका लागि तीन सय ८७ करोड भारतीय रुपैयाँ खर्च भएको जनाइएको छ । त्यस्तै हटलाइन लगायतका अन्य सुविधाका लागि ९ करोड खर्च भएको छ ।

प्रधानमन्त्रीको शपथ लिएसँगै मोदीले ४२ यात्रामा ८४ देशको भ्रमण गरेको बताइएको छ ।

बीके सिंहका अनुसार प्रधानमन्त्री मोदीले सबैभन्दा बढी २०१५–१६ मा २४ देशको भ्रमण गरेका छन् । त्यस्तै उनले २०१६–१७ मा १९ र २०१७–१८ मा १८ देशको भ्रमण गरेका छन् ।

प्रधानमन्त्री भएसँगै मोदीले सबैभन्दा पहिलो विदेश भ्रमण भुटानको गरेका थिए भने अन्तिम विदेश यात्राका रुपमा गएको महिना चीन गएका थिए । बीके सिंहका अनुसार प्रधानमन्त्री मोदीको विदेश भ्रमणले विभिन्न देशसँगको कुटनैतिक सम्बन्ध विस्तार हुनुका साथै व्यापार तथा अर्थतन्त्रमा फाइदा पुगेको छ ।
 स्रोतःउज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा

  फागुन ४ गते । अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।  मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै

RadioTaplajung

गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा

  फागुन ३ गते । गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० मा

RadioTaplajung

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय

माघ २३ गते । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर(इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल