ताजा खबर

आणविक हतियार भण्डारणका बारेमा छलफल गर्न उत्तर कोरिया तयार

RadioTaplajung

आणविक हतियार भण्डारणका बारेमा छलफल गर्न उत्तर कोरिया तयार
 चैत २६ । अमेरिकी अधिकारीहरुले आगामी मेमा हुने वार्तामा आफ्नो आणविक हतियार भण्डारणका बारेमा छलफल गर्न उत्तर कोरिया तयार भएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच पहिलोपटक प्रत्यक्ष वार्ता गर्ने तयारी भइरहेको छ ।

औपचारिक वार्तामा बस्नुअघि दुवै पक्षबीच पटक–पटक गोप्य वार्ता हुँदै आएको ट्रम्प प्रशासन स्रोतलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । वार्ता अमेरिका वा उत्तर कोरियामा नभई कुनै तेस्रो देशमा हुने बताइएको छ ।

यद्यपि उत्तर कोरियाले राजधानी प्योङयाङमा वार्ता गर्न दबाब दिइरहेको छ । उत्तरले त्यसको विकल्पमा मंगोलियाको राजधानी उलनबटोरलाई प्रस्तावसमेत गरेको छ ।

उत्तर कोरियाले दक्षिण कोरियासँग निःशस्त्रीकरणका विषयमा छलफल गर्ने जानकारी दिइसकेको भए पनि वासिङ्टनलाई भने पहिलोपटक निःशस्त्रीकरणको दिशामा अघि बढ्ने जानकारी प्रत्यक्षरुपमा दिएको समाचारमा उल्लेख छ । एजेन्सी

प्रतिकृया दिनुहोस
RadioTaplajung

अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा

  फागुन ४ गते । अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।  मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै

RadioTaplajung

गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा

  फागुन ३ गते । गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० मा

RadioTaplajung

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय

माघ २३ गते । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर(इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल