जस्टिन बीबरले अमेरिकी मोडल हेली बाल्डविनका साथ सुटुक्क गरे इन्गेजमेन्ट
जस्टिन बीबरले अमेरिकी मोडल हेली बाल्डविनका साथ सुटुक्क गरे इन्गेजमेन्ट
असार २६ गते । क्यानडियन पप गायक जस्टिन बीबरले लामो समयदेखिकी प्रेमीका हेली बाल्डविनका साथ इन्गेजमेन्ट गरेका छन ।
इन्गेजमेन्टको कार्यक्रम निकै गोप्य रुपमा गरिएको छ । यसबारेमा मिडिया तथा कलाकार कसैलाई पनि थाहा दिइएन । २४ वर्षीय जस्टिन पछिल्लो २ वर्षदेखि हेलीको प्रेममा थिए । केही समय अगाडि यी दुवैको ब्रेकअपका खबरहरु पनि आएका थिए ।
गायक जस्टिन बीबरको नाम हेली बाल्डविन बाहेक कयौं सेलिब्रेटीहरुसँग जोडिएको थियो । बीबर लामो समयसम्म गायिका सेलेना गोमेजका साथ सम्बन्धमा थिए । तर केही समयअघि यी दुबैबीचको असमझदारीका कारण ब्रेकअप भएको थियो । सेलेनासँग छुट्टिएपछि जस्टिन फेरि हेलीको प्रेममा परेका हुन । अब भने यी दुवै एक अर्काको भएका छन् । यही जुलाई ७ शनिबारका दिन बहमासको एक रिसोर्टमा दुवैले इन्गेजमेन्ट गरेका हुन् ।
२२ वर्षीया हेली अमेरिकाकी चर्चित मोडल हुन । यी दुवैले इन्गेजमेन्ट गरेको खबरबारे अहिलेसम्म आधिकारिक जानकारी भने दिएका छैनन् । तर इन्गेजमेन्ट बारेको खबरहरुलाई नकारेका पनि छैनन । त्यसैले उनीहरुले इन्गेजमेन्ट गरेको खबरहरुलाई आधिकारिक मानिएको छ ।
साथै सामाजिक सञ्जालमा जस्टिनका बुवा तथा आमाले पोष्ट गरेको स्ट्याटसबाट पनि जस्टिनको इन्गेजमेन्टको खबरलाई पुष्टि गर्छ । जस्टिनका बुवाले जस्टिनको फोटोसहित ‘नयाँ अध्यायका लागि उत्साहित रहेको’ लेखेका छन् भने उनकी आमाले पनि खुशी व्यक्त गरेकी छिन् । स्रोतःउज्यालो अनलाइन
साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक
काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले
गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन
किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल
ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत
प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्नका लागी हाङ अन्लाईन टिभि द्वारा निर्माण
प्रतिकृया दिनुहोस