ताजा खबर

शाहरुखकी बहिनी पाकिस्तानमा चुनाव लड्दै

RadioTaplajung


शाहरुखकी बहिनी पाकिस्तानमा चुनाव लड्दै
असार ५ गते । बलिउडका ख्याती प्राप्त अभिनेता शाहरुख खानकी बहिनी पाकिस्तानको आम निर्वाचनमा उम्मेदवार बनेकी छिन्।

पाकिस्तानको खैबर पख्तूनख्वाह प्रान्तको पेशावरकी बासिन्दा नूरजहाँ यस वर्षको जुलाईमा हुन लागेको निर्वाचनमा पख्तूनख्वाहको असेम्बली सीटका लागि पीके ७७ पार्टीबाट उम्मेदवार बनेकी हुन्। उनी अहिले चुनाव प्रचारमा जुटेकी छिन्। आफूले चुनाव जित्ने उनको विश्वास छ।

नूरजहाँ शाहरुखका काकाकी छोरी हुन्। भारत र पाकिस्तान अगल हुँदा शाहरुखका पिता मीर ताज मोहम्मद दिल्ली आएका थिए भने काका गुलाम मोहम्मदले पेशावरमै रहने निर्णय लिएका थिए।

‘चुनाव प्रचारका लागि भाई बोलाउदिन’

नूरजहाँले बीबीसीसँग कुरा गर्दै आफ्नो भाई शाहरुख पाकिस्तानमा लोकप्रिय भएपनि चुनाव प्रचारका लागि भने नबोलाउने स्पष्ट पारिन। पछिल्लो पटक २०११ मा शाहरुखसँग मुम्बई आएर भेट गरेकी भनिन्– ‘म शाहरुख खानको चुनाव प्रचारका लागि कहिल्यै भन्दिन। किनकी म सधै चाहन्छु की इलाकामा शान्ति होस। उनलाई बोलाउन स्थिती भड्किन सक्छ। म आफ्नो क्षेत्रका मानिसको सहायता लिएर आफ्नो चुनावी अभियान आफै चलाउँछु।’

देशको संसदमा पिछडिएका महिलाहरुको आवाज पुर्याउने आफ्नो उद्देश्य रहेको बताउँदै उनले घरेलु हिंसाबाट पीडित महिलाको पक्षमा कानून बनाउन पहल गर्ने सुनाइन्। ‘म महिलाहरुलाई पैतृक सम्पत्तिमा हक नदिनेहरु विरुद्ध कडा कानून बनाउने कदममा मेरो समर्थन हुनेछ’, उनले भनिन। स्रोतःनागरिक न्यूज

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण