अरुण तेस्रोको कार्यालयमा सकेट बम विस्फोट

SITENAME


अरुण तेस्रोको कार्यालयमा सकेट बम विस्फोट
 जेठ ३१ । अज्ञात समूहले संखुवासभा तुम्लिङटारस्थित अरुण तेस्रो आयोजनाको कार्यालय परिसरमा बुधबार तीन वटा सकेट बम विस्फोट गराएको छ ।

बम विस्फोटबाट कुनै मानवीय क्षति नभएको र त्यो स्थानमा कडा सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख श्याम सारुमगरले बताउनुभयो । उहाँका अनुसार तुम्लिङटारस्थित सम्पूर्ण होटल, गाउँ वस्तीमा सुरक्षा जाँच कडा गरिएको छ ।

पटक–पटक सो कार्यालयलाई लक्ष्य गरी बम विस्फोट गराउँदै आएको नेकपा ‘विप्लव समूह’ ले गत वैशाख १८ गते पनि बम विस्फोट गराएको थियो ।
रासस

प्रतिकृया दिनुहोस
SITENAME

अमेरिकी डलरको भाउ १६ महीनाकै उच्च

लण्डन (बेलायत) । सोमवार विश्वबजारमा अमेरिकी डलरको भाउ १६ महीनायताकै उच्च विन्दुमा पुगेको छ । अमेरिकाको फेडेरल रिजर्भको निर्णय र यूरोप तथा बेलायतमा

SITENAME

एक्काइस कम्पनीको रु तीन अर्बको शेयर बिक्रीको तयारी

एक्काइस कम्पनीको रु तीन अर्बको शेयर बिक्रीको तयारी कार्तिक २६ गते ।  विभिन्न २१ कम्पनीको रु तीन अर्ब १२ करोड ४१ लाख ५७ हजार १०० मूल्य बराबरको साधारण

SITENAME

अब विदेश जाँदा १५ सय डलरमात्रै लान पाइने

काठमाडौँ — अब नेपाली नागरिकले विदेश जाँदा राहदानीबापत प्रतिव्यक्ति १ हजार ५ सय अमेरिकी डलर मात्र सटही सुविधा पाइने भएको छ । राष्ट्र बैंकले मंगलबार