ताजा खबर

करिश्मादेखि साम्राज्ञीसम्म सम्मानित

RadioTaplajung

करिश्मादेखि साम्राज्ञीसम्म सम्मानित
जेठ २५ गते । चलचित्र विकास बोर्डले आयोजना गरेको ‘महिला सशक्तिकरणका लागि सूचनाको हक अभिमुखिकरण तथा प्रशिक्षण कार्यशाला’मा विभिन्न महिला चलचित्रकर्मीलाई सम्मानित गरिएको छ । कार्यक्रममा बोल्ने अधिकांश चलचित्रकर्मीहरुले महिला कलाकार सशक्त हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुले, कलाकारहरु नेपाली जनताका लागि रोल मोडल भएको बताए ।

माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको प्रमुख आतिथ्यतामा यो कार्यक्रम आयोजना भएको थियो । उनले, कलाकारहरु समाजका लागि रोल मोडल भएकाले उनीहरुले समाजलाई धेरै प्रभाव पार्ने बताइन् ।

कार्यक्रममा चलचित्रको माध्यमबाट समाजमा महिला सशक्तिकरणका लागि योगदान गरेको भन्दै विभिन्न कलाकारहरुलाई सम्मानित गरियो । नायिका चैत्यदेवी, कलाकार शकुन्तला शर्मा, बसुन्धरा भुषाल, नायिका करिश्मा मानन्धर, निर्देशक दीपाश्री निरौला र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई सम्मान गरिएको हो ।
स्रोतःअनलाइन खबरडट कम

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण