दाताको खर्चमा सांसदलाई तालिम

SITENAME

दाताको खर्चमा सांसदलाई तालिम
जेठ २३ गते । संसद् सचिवालयले सरकारी बजेट थन्क्याएर दाताको बजेटमा संघीय संसद्का ३ सय ३४ सांसदलाई संसदीय प्रक्रियाबारे प्रशिक्षण दिन लागेको छ ।

संसद् सचिवालयले ‘संसदीय प्रशिक्षण’ शीर्षकमा ३७ लाख ५० हजार रुपैयाँ बजेट छुट्टयाए पनि राष्ट्रसंघीय विकास कार्यक्रम ९यूूएनडीपी० को लगानीमा नयाँबानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दुईदिने प्रशिक्षण राखेको हो । बुधबार सुरु हुने प्रशिक्षणमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सबै सांसदलाई सहभागी गराउने जनाइएको छ ।


प्रशिक्षण आयोजक संसद् सचिवालय भनिए पनि सम्पूर्ण खर्च यूएनडीपीले बेहोर्ने जानकारी स्रोतले दियो । ‘सांसदलाई तालिम शीर्षकमा बजेट भए पनि दाताको खर्चमा प्रशिक्षण दिइनु लाजमर्दो काम हो,’ सचिवालय स्रोतले भन्यो, ‘आफ्नै बजेटबाट गरेको भए राम्रो हुन्थ्यो ।’

यूएनडीपीले सांसदलाई खाना, खाजा, स्टेसनरी, प्रशिक्षण भत्तालगायत खर्च बेहोर्नेछ । दाताको लगानीमा जनप्रतिनिधिलाई तालिम दिन लागिएको भन्दै कतिपय सांसदले समेत असन्तुष्टि जनाएका छन् । नेकपाका सांसद झपट रावलले अपारदर्शी र राज्यको नियन्त्रणबाहिर रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आयोजना गरेका कुनै पनि कार्यक्रममा आफू सहभागी नहुने बताए ।

‘देश र जनताका लागि काम गर्ने भनेर हामीले राज्यबाट सुविधा लिइरहेका छौं । अरूलाई सिकाउने यस्ता एनजीओ, आईएनजीओ र दाताहरू जबसम्म आफैं पारदर्शी हुँदैनन् र राज्यले तिनलाई नियमन गर्दैन, तबसम्म कुनै पनि कार्यक्रममा जान्नँ,’ उनले भने । त्यस्ता संस्थाले यसखाले कार्यक्रम गरेको फोटो खिचेर रकम भजाउने काम गर्ने भन्दै उनले त्यसको नियमन जरुरी रहेको औंल्याए । यस्ता कार्यक्रममा सांसद सहभागी हुँदा उसको अपारदर्शितामा साथ दिएको ठहरिने बुझाइ रावलको छ । ‘सदन चलेको दिनसमेत यस्ता एनजीओ, आईएनजीओ र दाताले भत्ता दिएर हामीलाई प्रभावमा पार्ने कार्यक्रम गरिरहेका हुन्छन्,’ उनले भने, ‘यो अनैतिक काम हो ।’


यसअघि, अर्को दाता युरोपेली युनियन ९ईयू० ले प्रतिनिधिसभाको निर्वाचन अनुगमन प्रतिवेदनमार्फत नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरेको भन्दै संसद्को पहिलो अधिवेशनमा सांसदहरूले विशेष समय लिएर विरोध जनाएका थिए ।


उनीहरूले त्यतिबेला दाताको लगानीमाथि नै प्रश्न उठाएका थिए । त्यतिबेला सांसद प्रेम सुवालले संसदका कुनै पनि कार्यक्रमका लागि दाताको सहयोग लिन नहुने विषय उठाएका थिए । तर त्यतिबेला दातृ निकायको विरोध गर्ने कतिपय सांसद यो तालिममा सहभागी हुँदै छन् ।


सुवालले दाताको बजेट प्रशिक्षण, तालिम, गोष्ठीमा होइन, दीर्घकालीन योजनामा खर्च गर्नुपर्ने बताए । ‘एनजीओ र आईएनजीओ जनताका बीच मात्रै थियो । विस्तारै सरकार हँ‘दै न्यायालय र संसद्मा पनि छिर्‍यो,’ उनले भने, ‘पछिल्लो समय विदेशी दाताले सांसदलाई होटल, रिसोर्टमा खुवाउने र सुताउने गरिरहेका छन् । यसलाई रोक्नुपर्छ ।’


कानुनविदका अनुसार सांसदलाई तालिम–गोष्ठीका नाममा खर्च गरेर आफूअनुकूल कानुन निर्माणमा प्रभावित पार्ने दाताहरूको नियत हुन सक्छ । सांसदहरू स्वार्थी समूहबाट टाढै रहनुपर्ने विज्ञहरूको सुझाव छ ।


यूएनडीपीले केही वर्षयता ‘पार्लियामेन्ट सपोर्ट प्रोग्राम’ भन्दै लगानी गरिरहेको छ । अघिल्लो संसद्मा पनि एनडीआई नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले संसद् नै खाली गराई सांसदलाई राजधानीका पार्क र होटलमा लगेर विभिन्न कार्यक्रम गरेको थियो । कानुन निर्माणसम्बन्धी छलफलसमेत दाताको खर्चमा भएरगरेका थिए ।


कार्यक्रममा के हुँदैछ रु
सचिवालयले गर्न लागेको दुईदिने प्रशिक्षणको पहिलो दिन उद्घाटनसत्रमा सचिवालयका सचिव हिमलाल सुवेदीले संघीय संसद् सचिवालयबारे आधारभूत जानकारी दिनेछन् भने राजनीतिक विश्लेषक अच्युत वाग्लेले संघीय संरचना र संसदको भूमिकाबारे कार्यपत्र प्रस्तुत गर्नेछन् । उनको कार्यपत्रमा संघीयता र संघीय शासन प्रणाली, संघीय, प्रान्तीय तथा स्थानीय संरचनाका विषय समेटिएको जनाइएको छ ।


पूर्वसचिव कमलशाली घिमिरेले संसद्मा विधेयक दर्ता हुनुअगाडिको कानुन मस्यौदा प्रक्रिया, विधेयक प्रस्तुत गर्ने प्रक्रियाबारे कार्यपत्र प्रस्तुत गर्दै छन् । कार्यक्रममा नेपाल कानुन आयोगका अध्यक्ष माधव पौडेलले कानुन तर्जुमाको सैद्धान्तिक पक्ष र विधेयकको ढाँचा र अन्तरवस्तुबारे सांसदहरूलाई जानकारी दिनेछन् ।


बिहान ८ बजे सुरु हुने बुधबारको कार्यक्रम दिउँसो ३ बजेसम्म चल्नेछ ।


दोस्रो दिनको कार्यक्रम पनि बिहान ८ देखि साढे ४ बजेसम्म तय गरिएको छ । दोस्रो दिनको पहिलो सत्रमा योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षत्रीले बजेट निर्माण र वित्तीय अनुगमनमा संसदको भूमिकाबारे कार्यपत्र प्रस्तुत गर्दैछन् । उनको कार्यपत्रमा वार्षिक नीति तथा कार्यक्रम र बजेट, बजेट निर्माण प्रक्रिया तथा दिगो विकास लक्ष्य, संसद्मा बजेट प्रस्तुत, छलफल र पारित गर्ने, वित्तीय अनुगमनमा संसदको भूमिका समेटिएको जनाइएको छ ।


पूर्वसभासद लालबाबु प्रसाद यादवले संसद् र नागरिकको सम्बन्ध एवं सदस्यहरूको आफ्नो निर्वाचन क्षेत्रसँगको सम्बन्धबारे सांसदलाई जानकारी दिने कार्यक्रम छ । सचिवालयका अनुसार उनको कार्यपत्रमा संसदीय कामकारबाहीबारे नागरिकलाई सुसूचित गर्ने माध्यम, संसद्मा आमनागरिकका सवालको सम्बोधन, जनतासँगको सम्बन्धलगायत पक्ष समेटिएको छ । सचिवालयका सचिव वीरेन्द्रबहादुर कार्कीले संघीय संसदीय प्रक्रिया र सचिवालयको भूमिकाबारे सांसदलाई जानकारी दिनेछन् ।

उनले अधिवेशन आहवान, दैनिक बैठक सञ्चालन, पदाधिकारीहरूको निर्वाचन, समिति र प्रस्तावहरूबारे जानकारी दिने कार्यक्रम तय गरिएको छ । कांग्रेस नेता रमेश लेखकले कानुन निर्माण, सरकारका कामकारबाहीको अनुगमनमा संसदीय समितिको भूमिकामा कार्यपत्र प्रस्तुत गर्नेछन् । त्यस्तै, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले संविधान निर्माण, संसद् र संसदीय अभ्यासबारे जानकारी दिने कार्यक्रम छ । स्रोत ई कान्तिपुर

प्रतिकृया दिनुहोस
SITENAME

विदेश पुगेपछि भनेको काम र तलब पाउनुभएन ? यसो गर्नुहोस्

विदेश पुगेपछि भनेको काम र तलब पाउनुभएन ? यसो गर्नुहोस्  असोज २२ गते । विदेशमा पुगेपछि भनेको काम र तलब पाउनुभएन ? यदी त्यसो भएमा तपाईंले वैदेशिक रोजगार

SITENAME

ताप्लेजुङमा पनि नया नोट

  रेडियो ताप्लेजुङ / दसैंका लागि ताप्लेजुङमा डेढ करोड रुपैंयाको नया नोट भित्रिएको छ । नेपाल बैंक लिमिटेडले निजी बैंकलाई समेत उपलब्ध गराउने गरी नया

SITENAME

पाथीभरा र कंञ्चनजंघा सिजनमा सुकेटार विमानस्थल बन्द

पाथीभरा र कंञ्चनजंघा सिजनमा सुकेटार विमानस्थल बन्द देवराज गुरुङ,असोज १९ गते । तीन महिनादेखि बन्द सुकेटार विमानस्थलमा नियमित उडानको टुङ्गो अझै