ताजा खबर

ओलीको सय दिन: चौथोपटक इन्धनको मूल्य बढ्यो

RadioTaplajung


ओलीको सय दिन: चौथोपटक इन्धनको मूल्य बढ्यो
जेठ ३ गते । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटरमा दुई रुपैयाँ बढाएको हो । केपी ओली नेतृत्वको सरकारले सय दिन पूरा गरेकै दिन इन्धनको मूल्य बढेको हो । यो अवधिमा ४ पटक मूल्यवृद्धि भइसकेको छ ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको भन्दै डिजेल र पेट्रोलमा प्रतिलिटरमा दुई रुपैयाँ बढाइएको निगम प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमको भनाइ छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय १० र डिजेल÷मटीतेल ९२ रुपैयाँ पुगेको छ । निगमका अनुसार पेट्रोलमा ७२ पैसा नाफा र डिजेलमा भने २ रुपैयाँ २९ पैसा घाटा रहेको छ । लगातार इन्धनको मूल्य बढेर आएपछि निगमको नाफा शून्यमा झरेको छ ।
इन्डियन आयल कर्पोरेसन ९आइओसी०ले बुधबार पठाएको नयाँ मूल्यअनुसार इन्धनको मूल्य बढेर आएकाले निगमले मूल्य समायोजन गरेको हो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार उकालो लाग्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै निगमले पछिल्लो चार महिनायता लगातार इन्धनको मूल्य बढाउँदै आएको छ ।
आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य पठाउने गर्छ । सोहीअनुसार निगमले स्थानीय बजारमा मुल्य समायोजन गर्छ ।
स्रोतः कारोबार दैनिक

प्रतिकृया दिनुहोस
RadioTaplajung

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ मा

माघ २३ गते । सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ मा गरिने भएको छ ।  मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन

RadioTaplajung

अबरुद्ध रहेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनः सुरु

रेडियो ताप्लेजुङ,माघ १० गते ।अरुण काबेली पावर लिमिटेडले सञ्चालन गरेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनःसुरु भएको छ ।   कम्पनीले पाँचथर

RadioTaplajung

शिलाजीत वचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

माघ ४ गते / रेडियो ताप्लेजुङ - शिलाजीत वचत तथा ऋण सहकारी संस्था फुङलिङ ८ दोखुको एघारौं वार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ। जग्गादाता सम्मान,