ताजा खबर

हाम्रो चलचित्रको प्रतिस्पर्धा र बलिउड र हलिउडसँग मात्रै हुन्छ : भुवन केसी

RadioTaplajung

माघ २१ गते । अभिनेता अनमोल केसी अभिनित चलचित्र क्याप्टेनको ट्रेलर रिलिज भएसँगै चलचित्रको चर्चा बढेको छ ।

चलचित्रको ट्रेलरलाई नेपाली दर्शकले रुचाएका छन् । फागुन २९ गतेबाट नेपालभर प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको निर्माण भुवन केसीले गरेका हुन् ।

त्यही दिन चलचित्र द ब्रेकअप पनि प्रदर्शनमा आउने पक्का भइसकेको छ । अभिनेता तथा निर्माता भुवन केसीले आफ्नो चलचित्र क्याप्टेनसँगै रिलज हुन लागेको चलचित्र द ब्रेकअपलाई सफलताको शुभकामना दिएका छन् ।

उनले नेपाली चलचित्र आफ्नो चलचित्रको प्रतिस्पर्धी बन्न नसक्ने भन्दै हलिउड तथा बलिउड चलचित्र मात्र आफ्नो चलचित्रको प्रतिस्पर्धी भएको प्रतिक्रिया दिए ।

‘उहाँहरु हामीसँगै प्रदर्शनमा आउँदै हुनुहुन्छ, तर यसलाई हामीले प्रतिस्पर्धा  मानेका छैनौ ।’ चलचित्रका निर्माता केसीले भन्नुभयो, ‘एक नेपाली चलचित्र अर्को नेपाली चलचित्रको प्रतिस्पर्धी कसरी हुन सक्छ रु हामीले विदशी चलचित्रलाई विस्थापित गर्न सक्नुपर्छ र हाम्रो प्रतिस्पर्धा भनेको विदेशी चलचित्रसँग हो ।’

चलचित्र क्याप्टेन फुटबलको कथामा आधारित चलचित्र हो । आफूले निर्माण गरेको चलचित्रले नेपाली खेलाडी तथा खेलप्रेमीहरुलाई प्रोत्साहन गर्ने निर्माता भुवन केसीको भनाइ छ ।

चलचित्र क्याप्टेनको कथा दिवाकर भट्टराईले लेखेका हुन् भने निर्देशन पनि भट्टराई आफैले गरेका छन् ।  

– उज्यालो र गफगाफ डटकमको सहकार्य

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण