ताजा खबर

फुटपाथमा जथाभावी भ्यान चलाउँदा १० जनाको मृत्यु, १५ घाइते

SITENAME

फुटपाथमा जथाभावी भ्यान चलाउँदा १० जनाको मृत्यु, १५ घाइते
 बैशाख ११ । क्यानडाको टोरन्टोमा पैदल यात्रुलाई लक्षित गर्दै फुटपाथमा जथाभावी भ्यान चलाउँदा १० जनाको मृत्यु भएको छ ।

घटनामा १५ जना घाइते भएका छन् । संदिग्ध भ्यान चालक २५ वर्षीय अलिक मिनासायनलाई पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।

टोरन्टोको योङ स्ट्रिटमा भ्यान चालकले फुटपाथमा पैदल यात्रुहरुलाई लक्षित गरी भ्यान चलाएको बीबीसीले जनाएको छ । घटनापछि सो क्षेत्रमा केही समय मेट्रो सेवासमेत बन्द गरिएको थियो ।

यसैबीच क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रडोले घटनाको छानबिन भइरहेको र दोषीमाथि कडा कारबाही हुने जानकारी दिए ।

केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ । एजेन्सी

प्रतिकृया दिनुहोस
SITENAME

टर्कीका राष्ट्रपति अर्दोगानले शपथ लगत्तै ज्वाँईलाई बनाए मन्त्री

टर्कीका राष्ट्रपति अर्दोगानले शपथ लगत्तै ज्वाँईलाई बनाए मन्त्री असार २६ गते । टर्कीमा रिसेप तैयप अर्दोगानले राष्ट्रपतिको शपथ लिए लगत्तै आफ्ना

SITENAME

टर्की सरकारद्वारा १८ हजार ६३२ कर्मचारी बर्खास्त

सरकारले आइतबार एक निर्देशिका जारी गर्दै ती कर्मचारीलाई बर्खास्त गरिएको जनाएको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । यसरी

SITENAME

पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफलाई भ्रष्टाचार मुद्दामा १० वर्ष कैद फैसला

पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफलाई भ्रष्टाचार मुद्दामा १० वर्ष कैद फैसला असार २३ गते । पाकिस्तानको भ्रष्टाचारविरोधी एक अदालतले त्यहाँका