करण जोहरको फिल्ममा करिनाका साथ सिद्धार्थको रोमान्स

SITENAME

करण जोहरको फिल्ममा करिनाका साथ सिद्धार्थको रोमान्स

वैशाख १० गते । बलिउडकी अभिनेत्री करिना कपूर खान करण जोहरको फिल्ममा अभिनेता सिद्धार्थ मल्होत्रासँग काम गर्ने पक्का भएको छ । छिट्टै नै रिया कपूरको चलचित्र ‘वीरे दी वेडिङ’मार्फत कम ब्याक गरिरहेकी करिना यस फिल्मको काम सके लगत्तै करण जोहरको फिल्ममा देखिनेछिन् ।

अहिलेसम्म यस फिल्मको निर्देशक तथा अन्य कुराको टुंगो नलागे पनि यस फिल्ममा करिना कपूर खान र सिद्धार्थ मल्होत्रालाई भने जोडीको रुपमा अनुबन्धन गरिसकिएको छ । करण जोहरले यस फिल्ममा अर्को एक जोडीको पनि खोजी गरिरहेका छन् ।   करिना र सिद्धार्थका साथै अर्को जोडी पनि यस फिल्ममा रहनेछन् ।

अभिनेता सिद्धार्थ मल्होत्राले सन् २०१२ मा करण जोहरको फिल्म ‘स्टुडेन्ट अफ द इयर’ मार्फत डेब्यू गरेका थिए ।  सिद्धार्थका पछिल्ला फिल्महरु ‘अ जेन्टलम्यान, बारबार देखो, इत्तेफाक र अय्यारी एक पछि अर्को गर्दै फ्लप भएका थिए । ज्याकलिन फर्नान्डेजका साथमा अ जेन्टलम्यान, कट्रिना केफकासाथ बारबार देखो, सोनाक्षी सिन्हाका साथ इत्तेफाक र साउथ फिल्मकी अभिनेत्री राकुल प्रितका साथमा अय्यारीमा जोडीको रुपमा काम गरेका सिद्धार्थले नमज्जासँग असफलताको स्वाद चाख्नु परेको थियो ।

उनका फिल्महरु फ्लप भएसँगै सिद्धार्थको बलिउड करियर पनि ओरालो लागिरहेको बेला करणले करिनाकासाथ अनुबन्धन गरेर फेरि पनि मौका दिएका छन् । अब यस फिल्ममार्फत करिनाले सिद्धार्थको करियरलाई माथि उकास्न सहयोग गर्नेरनगर्ने बारेको जानकारी फिल्म प्रदर्शन भए पछाडि नै थाहा हुनेछ ।
स्रोतःउज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
SITENAME

इन्गेजमेन्टपछि वर्षा र संजोग बने ‘सन्सा’

माघ २९ गते । गएको ७ वर्षदेखि एकअर्काको प्रेममा रहेका अभिनेता संजोग कोइराला र अभिनेत्री वर्षा राउतले सोमबार इन्गेजमेन्ट गरेका छन् । परिवारको

SITENAME

कंगनाले आलियालाई करण जोहरकी कठपुतली भनेपछि....

माघ २८ गते । कंगना रनावत यतिबेला उनले मिडियासामू दिएका बयानहरुका कारण चर्चामा छिन् । उनको मनमा जे चलिरहेको छ त्यहीकुरा उनी कसैको पर्वाह नगरेरै

SITENAME

पाँचथरकी दीपाको ‘दुख्ने मुटु’ 

  रेडियो ताप्लेजुङ माघ २५ । गायिका दीपा सुहाङ लिम्बुको ‘दुख्ने मुटु’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। दीपा पाँचथर घर भई