ताजा खबर

नेपाली फिल्म ‘पासवर्ड’मा सन्नीको हट आइटम

RadioTaplajung

नेपाली फिल्म ‘पासवर्ड’मा सन्नीको हट आइटम
मंसिर २० गते । बलिउडकी हट नायिका सन्नी लियोनीले एक नेपाली चलचित्रमा आइटम नृत्य गरेकी छिन् । सन्नी लियोनीले आइटम नृत्य गरेको चलचित्र ‘पासवर्ड’का केही तस्बिर यसको निर्माणपक्षले सार्वजनिक गरेको छ । लण्डनमा छायांकन गरिएको यो गीतका लागि महंगो बजेट खर्च गरिएको छ । चलचित्रमा समावेश हुने ‘सन्नी हो नाम मेरो’ बोलको गीतमा सन्नीले नृत्य गरेकी छिन् भने कोरियोग्राफर बिष्णु देभाले भिडियोको निर्देशन गरेका छन् ।

बिष्णुले बलिउडका चर्चित नायकहरु साहरुख खान, सलमान खानलाई समेत कोरियोग्राफी गरिसकेका छन् । अर्जुन पोखरेलको संगीत रहेको यो गीतको भिडियोमा नृत्य गर्न सन्नी ७ जनाको टिमसहित लण्डन पुगेकी थिइन् । यो गीतको भिडियोमा सन्नीलाई २ सय बढी डान्सरलाई साथ दिएका छन् ।

सन्नीले यो गीतका लागि २ करोड भारतीय रुपैयाँमा संझौता गरेको निर्माणपक्षले बताएको छ । सम्राट बस्नेतको निर्देशनमा तयार भएको यो चलचित्रमा सन्नीको माग अनुसार नै गीत तयार पारिएको हो । एबी इन्टरनेशनलको ब्यानरमा बनेको चलचित्रमा विक्रम जोशी, हिरल जोशी, अमित बस्नेतको लगानी छ ।

एक्सन र थ्रिलर कथामा चलचित्र बनेको छ । चलचित्रमा अनुप विक्रम शाही, विक्रम शाही, वुद्दि तामाङ, छुल्ठिम गुरुङ लगायतका कलाकारको अभिनय छ । सौरभ लामाले यो चलचित्र खिचेका हुन् । अनलाइनखबर

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण